काठमाडौं । आइतबार कैलाश विकास बैंक र महालक्ष्मी विकास बैंकको लाखौं कित्ता बोनस सेयर सूचीकृत भएको छ । एकैदिन दुई विकास बैंकको कूल ६३ लाख ८ हजार ६१८ कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको हो ।
जसमध्ये सबैभन्दा बढी कैलाश विकास बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । संस्थाको ४० लाख ३३ हजार ०१८ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो ।
त्यस्तै, महालक्ष्मी विकास बैंकको २२ लाख ७५ हजार ६०० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।