
काठमाडौं । एनएमबि बैंकले प्राप्ति गर्न अथवा किन्न लागेको कञ्चन डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का भएको छ । सो सम्बन्धि दुई संस्थाबीच सम्झौता भएसँगै राष्ट्रिय स्तरको ‘ख’ वर्गको कञ्चन डेभलपमेन्ट बैंकको माघ २७ गते(साेमबार)देखि सेयर कारोबार बन्द भएको छ ।
उक्त सम्झौता माघ २६ गते(आइतबार) एक कार्यक्रमकाबीच भएको थियो ।
एनएमबि बैंकले कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गरे पश्चात यस बैंकको सुदूर पश्चिमका प्रदेशमा शाखा संख्या २४ पुग्नेछ भने एक्सटेन्सन काउन्टरको संख्या ४ पुग्नेछ ।