बोर्डले संशोधन गर्यो धितोपत्र बजारको चारवटा नियमावली, फागुनदेखि लागू हुने

<p>काठमाडौं । नेपाल धितोेपत्र बोर्डले कानूनलाई समसामयिक बनाउँदै धितोपत्र बजार सम्बन्धि चार वटा नियमावलीहरु संशोधन गरेको छ । बोर्डले (धितोपत्र व्यवसायी) मर्चेन्ट बैंङ्कर, धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता, सामूहिक लगानी कोष, धितोपत्र दर्ता तथा निष्काशन गरी चार वटा नियमावली संशोधन गरेको हो । बोर्डले नेपाल सरकार र अर्थ मन्त्रालयको स्वीकृति लिई आगामी फागुन [&hellip;]</p>

काठमाडौं । नेपाल धितोेपत्र बोर्डले कानूनलाई समसामयिक बनाउँदै धितोपत्र बजार सम्बन्धि चार वटा नियमावलीहरु संशोधन गरेको छ । बोर्डले (धितोपत्र व्यवसायी) मर्चेन्ट बैंङ्कर, धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता, सामूहिक लगानी कोष, धितोपत्र दर्ता तथा निष्काशन गरी चार वटा नियमावली संशोधन गरेको हो ।

बोर्डले नेपाल सरकार र अर्थ मन्त्रालयको स्वीकृति लिई आगामी फागुन १ गतेदेखि लागू हुने गरी उक्त नियमावलीमा संशोधन गरेको हो ।

यससँगै धितोपत्र व्यवसायी नियमावली अन्तर्गत धितोपत्र व्यापारीको न्यूनतम चुक्ता पुँजी २० करोड रुपैयाँ हुनुपर्ने भएको छ । त्यस्तै, सेयर निष्काशन नियमावली अन्तर्गत धितोपत्र निष्कासनको अवधि घटेर अधिकत १५ दिन कायम गरिएको छ । यसअघि अधिकतम ३० दिनसम्म सेयर निष्काशन खुला हुने गरेकाे थियो ।

[pdf id=195153]

Share News