भिस्ताराले शुरू गर्याे काठमाडौं-दिल्ली दैनिक उडान

<p>काठमाडौं । भारतको पूर्ण सेवा वाहक , टाटा समूह र सिंगापुर एयरलाइन्सको संयुक्त उद्यम(जोइन्ट भेन्चर) ले मंगलबार दिल्ली र काठमाडौंका लागि दैनिक उडान गर्ने भएकाे छ  । काठमाडौं भारत बाहिरको पाँचौ अन्तरराष्टिय गन्तव्यको रुपमा रहेको छ । दिल्लीबाट भिस्ताराको उद्घाटन उडानका लागि आएका यात्रुहरुलाई काठमाडौंमा ठूलो उत्साहका साथ स्वागत गरिएको थियो । भिस्ताराका प्रमुख व्यापारिक [&hellip;]</p>

काठमाडौं । भारतको पूर्ण सेवा वाहक , टाटा समूह र सिंगापुर एयरलाइन्सको संयुक्त उद्यम(जोइन्ट भेन्चर) ले मंगलबार दिल्ली र काठमाडौंका लागि दैनिक उडान गर्ने भएकाे छ  । काठमाडौं भारत बाहिरको पाँचौ अन्तरराष्टिय गन्तव्यको रुपमा रहेको छ ।

दिल्लीबाट भिस्ताराको उद्घाटन उडानका लागि आएका यात्रुहरुलाई काठमाडौंमा ठूलो उत्साहका साथ स्वागत गरिएको थियो ।

भिस्ताराका प्रमुख व्यापारिक अधिकत विनोद कन्ननले नेपाल जाने र नेपालबाट आउने याात्रुहरुलाई विश्व स्तरीय र अनुपम सेवा दिन आफु वचनबद्ध रहेको बताए । साथै, तीन श्रेणीको व्यवस्थापनसहितको हवाइजहाज तुरुन्त सेवामा प्रयोग गर्ने र उक्त सेवा भारत नेपालीबीच यात्रा गर्ने यात्रुहरुका लागि प्रिमियम इकोनोमी वर्गले मात्र प्रस्ताव गर्ने उल्लेख गरे ।

भिस्ताराको सहज उडान तालिकाको एक स्टप जडानले बैंगलोर, चेन्नाइ, मुम्बई र पुनेसहित भारतका अन्य शहरबाट जान आउन यात्रुलाई सहज हुनेछ ।
यस हवाई सेवाले सन् २०१९ को अगष्ट महिनामा सिंगापुर उडान भरि आफ्नो अन्तराष्ट्रिय उडानको उद्घाटन गरेपश्चात दुबई, बैंकक, र कोलोम्बोमा सेवा विस्तार गरेको थियो ।

भिस्तारा तीव्रगतिमा भारत तथा विदेशमा वृद्धि भई रहेको र सन् २०२३ सम्ममा न्यारो बडी र वाइड बडी गरि ४० वटा हवाईजहाज थप गर्दैछ । नयाँ हवाईजहाजले भिस्तारालाई भारत भित्र वृद्धि हुनुको साथै मध्यम तथा लामो दुरीको अन्तरराष्टिय गन्तव्यमा उडान भर्न मद्दत गर्दछ ।

भिस्तारा स्काइ टयाक्स र टिप एडभाइजरमा भारतको सबैभन्दा धेरै खोजिएको हवाईसेवा रहेको र विभिन्न बेष्ट एयरलाइन्स पुरस्कार बिजेता रहेको छ ।भिस्ताराले भारतीय हवाई उद्योगमा संचालन तथा सेवा प्रदानमा यात्रीहरुलाई उत्तम हवाईयात्राको मापदण्ड तर्जुमा गरेको छ जसलाई आज भारतको एक मात्र पाँच तारे होटल भनेर चिनिएको छ ।

Share News