राष्ट्रिय बीमा संस्थानको आय २ अर्बले बढ्यो

<p>काठमाडौं । राष्ट्रिय बीमा संस्थानले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा २ अर्ब रुपैयाँले आय वृद्धि गरेको छ । बीमा संस्थानको आय चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ७ अर्ब ५ करोड ९५ लाख रुपैयाँ रहेको छ । गत अर्थिक वर्षको दोस्रो त्रैमासमा संस्थानको आय ५ अर्ब ३६ करोड ९२ लाख रुपैयाँ रहेको थियो । खुद बीमा [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा २ अर्ब रुपैयाँले आय वृद्धि गरेको छ । बीमा संस्थानको आय चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ७ अर्ब ५ करोड ९५ लाख रुपैयाँ रहेको छ । गत अर्थिक वर्षको दोस्रो त्रैमासमा संस्थानको आय ५ अर्ब ३६ करोड ९२ लाख रुपैयाँ रहेको थियो ।

खुद बीमा शुल्क:

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बीमा संस्थानको खुद बीमा शुल्क ५ अर्ब ६९ करोड ३१ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासमा संस्थानको बीमा शुल्क ४ अर्ब ४० करोड ५६ लाख रुपैयाँ रहेको थियो । संस्थानले गत आवको दोस्रो त्रैमासबाट चालु आवको दोस्रो त्रैमासमा आइपुग्दा १ अर्ब बीमा शुल्क वृद्धि गरेको छ ।

लगानी, कर्जा तथा अन्य आयः

बीमा संस्थानको चालु आवको दोस्रो त्रैमासमा लगानी , कर्जा तथा अन्य आयमा १ अर्ब १० करोड ६२ लाख रुपैयाँ छ भने अघिल्लो आवको दोस्रो त्रैमासमा ७२ करोड ४९ लाख ८० हजार रुपैयाँ रहेको छ ।

बीमालेखको धितोमा कर्जाबाट आयः

बीमालेखको धितोमा कर्जाबाट चालु आवमा आय ५ करोड ६६ लाख ५२ हजार रुपैयाँ छ भने गत आवमा बीमालेखको धितोमा कर्जाबाट आय ४ करोड ६९ लाख ३२ हजार रुपैयाँ रहेको थियो ।

हाल बीमा संस्थानको जगेडा कोषमा २६ करोड २१ लाख २९ हजार रुपैयाँ छ भने जीवन बीमा कोषमा २५ अर्ब ९६ करोड १२ लाख ३५ हजार रुपैयाँ रहेको छ ।

Share News