सगरमाथा इन्स्योरेन्स कम्पनीको आय २९ करोडले बढ्यो

<p>काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको आय चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २९ करोड रुपैयाँले बढेको छ । इन्स्योरेन्स कम्पनीको आय १ अर्ब ६३ करोड रुपैयाँ रहेको छ भने गत वर्षको दोस्रो त्रैमासमा १ अर्ब ३४ करोड रुपैयाँ रहेको थियो । खुद बीमा शुल्कः सगरमाथा इन्स्योेरेन्स कम्पनीको बीमा शुल्क ५६ करोड ८३ लाख रुपैयाँ छ भने [&hellip;]</p>

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको आय चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २९ करोड रुपैयाँले बढेको छ । इन्स्योरेन्स कम्पनीको आय १ अर्ब ६३ करोड रुपैयाँ रहेको छ भने गत वर्षको दोस्रो त्रैमासमा १ अर्ब ३४ करोड रुपैयाँ रहेको थियो ।

खुद बीमा शुल्कः
सगरमाथा इन्स्योेरेन्स कम्पनीको बीमा शुल्क ५६ करोड ८३ लाख रुपैयाँ छ भने अघिल्लो आवको दोस्रो त्रैमासमा ५१ करोड ९९ लाख रुपैयाँ रहेको थियो ।

पुनर्बीमा कमिशन आयः
सगरमाथा इन्स्योरेन्स कम्पनीको पुनर्बीमा कमिशन आय चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १६ करोड ४० लाख रुपैयाँ रहेको छ भने गत आवको दोस्रो त्रैमासमा १५ करोड ७ लाख रुपैयाँ रहेको थियो ।

लगानी, कर्जा तथा अन्यबाट आयः

चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा सगरमाथा इन्स्योरेन्स कम्पनीको लगानी, कर्जा तथा अन्यबाट आय ४ करोड २१ लाख २५ हजार रुपैयाँ रहेको छ भने गत आवमा ३ करोड ५७ लाख ८९ हजार रुपैयाँ रहेको थियो ।

हाल सगरमाथा इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १२ लाख रुपैयाँ रहेको छ ।

Share News