शिखर इन्स्योरेन्सको बीमाशुल्क साढे ९० करोड नाघ्याे

<p>काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको खुद बीमा शुल्क गत आर्थिक वर्षको तुलनामा ७ लाख रुपैयाँले वृद्धि भएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीको बीमा शुल्क ९० करोड ५६ लाख २५ हजार रुपैयाँ रहेको छ भने गत आवको दोस्रो त्रैमासमा ९० करोड ४९ लाख ५० हजार रुपैयाँ रहेको थियो । आय: शिखर इन्स्योरेन्सको आय [&hellip;]</p>

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको खुद बीमा शुल्क गत आर्थिक वर्षको तुलनामा ७ लाख रुपैयाँले वृद्धि भएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीको बीमा शुल्क ९० करोड ५६ लाख २५ हजार रुपैयाँ रहेको छ भने गत आवको दोस्रो त्रैमासमा ९० करोड ४९ लाख ५० हजार रुपैयाँ रहेको थियो ।

आय:
शिखर इन्स्योरेन्सको आय चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा २ अर्ब ३५ करोड ५३ लाख रुपैयाँ छ भने २ अर्ब ४९ करोड ६४ लाख रुपैयाँ रहेको थियो ।

पूनर्बीमा कमिशन आय:
कम्पनीको पूनर्बीमा कमिशन आय चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २६ करोड २६ लाख रुपैयाँ छ भने अघिल्लो आवको दोस्रो त्रैमासमा २० करोड ४६ लाख ५८ हजार रुपैयाँ रहेको थियो ।

लगानी, कर्जा तथा अन्य आयः
शिखर इन्स्योरेन्सको लगानी, कर्जा तथा अन्य आयमा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १० करोड ४४ लाख ५७ हजार रुपैयाँ रहेको छ भने अघिल्लो आवमा ९ करोड ३३ लाख ७९ हजार रहेको थियो ।

हाल कम्पनीकाे चुक्ता पूँजी १ अर्ब ५७ करोड रुपैयाँ रहेको छ ।

Share News