लुम्बिनी जनरल इन्स्योरेन्सको बीमाशुल्क ३१ करोड बढी, पुर्नबीमा कमिशन आयमा वृद्धि

<p>काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको बीमाशुल्क चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ५ करोड रुपैयाँले घटेको छ । चालु आवको दोस्रो त्रैमासमा कम्पनीको बीमाशुल्क ३१ करोड ३७ लाख रुपैयाँ रहेको छ । गत आवमा भने कम्पनीको बीमा शुल्क ३६ करोड ८३ लाख रुपैयाँ रहेको थियो । आय: कम्पनीकाे आय चालु आवको दोस्रो त्रैमासमा ९७ करोड [&hellip;]</p>

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको बीमाशुल्क चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ५ करोड रुपैयाँले घटेको छ । चालु आवको दोस्रो त्रैमासमा कम्पनीको बीमाशुल्क ३१ करोड ३७ लाख रुपैयाँ रहेको छ । गत आवमा भने कम्पनीको बीमा शुल्क ३६ करोड ८३ लाख रुपैयाँ रहेको थियो ।

आय:
कम्पनीकाे आय चालु आवको दोस्रो त्रैमासमा ९७ करोड २० लाख रुपैयाँ रहेको छ भने गत आवको दोस्रो त्रैमासमा कम्पनीको आय ३६ करोड ८३ लाख रुपैयाँ रहेको छ । कम्पनीको आय गत आवको दोस्रो त्रैमासको तुलनामा चालुको दोस्रो त्रैमासमा ३ करोड रुपैयाँले घट्न पुगेको हो ।

पुर्नबीमा कमिशन आय
चालु आवको दोस्रो त्रैमासमा कम्पनीको पुर्नबीमा कमिशनबाट आय ७ करोड ९५ लाख रुपैयाँ रहेको छ भने गत आवमा ५ करोड ८८ लाख रुपैयाँ रहेको थियो ।

लगानी, कर्जा तथा अन्य आयः
कम्पनीको चालु आवको दोस्रो त्रैमासमा लगानी, कर्जा तथा अन्य आयमा ३ करोड १७ लाख रुपैयाँ रहेको छ भने गत अवाको दोस्रो त्रैमासमा कम्पनीको लगानी, कर्जा तथा अन्य आय ३ करोड १ लाख रुपैयाँ रहेको छ ।

हाल कम्पनीको बीमा कोषमा ५८ करोड ९ लाख रुपैयाँ रहेको छ ।

Share News