नेशनल लाईफको नाफा २३ करोड माथि

<p>काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ६ करोड ४७ लाख रुपैयाँले नाफा वृद्धि गरेको छ । कम्पनीको चालु आवको दोस्रो त्रैमासमा नाफा २३ करोड ५८ लाखरुपैयाँ छ भने अघिल्लो आवको दोस्रो त्रैमासमा १७ करोड ११ लाख रुपैयाँ रहेको थियो । हाल कम्पनीको चुक्ता पूँजी ३ अर्ब ८ करोड रुपैयाँ रहेको [&hellip;]</p>

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ६ करोड ४७ लाख रुपैयाँले नाफा वृद्धि गरेको छ । कम्पनीको चालु आवको दोस्रो त्रैमासमा नाफा २३ करोड ५८ लाखरुपैयाँ छ भने अघिल्लो आवको दोस्रो त्रैमासमा १७ करोड ११ लाख रुपैयाँ रहेको थियो ।

हाल कम्पनीको चुक्ता पूँजी ३ अर्ब ८ करोड रुपैयाँ रहेको छ । कम्पनीको जीवन बीमा कोषमा भने ३० अर्ब १५ करोड रुपैयाँ छ ।

कम्पनीको जगेडा कोषमा ६९ करोड रुपैयाँ रहेको छ ।

Share News