बलेफी हाईड्रोपावरले सर्वसाधारणमा शेयर निष्काशन गर्दै, प्रत्याभूतिकर्तासँग भयाे सम्झौता

<p>काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले ३६ लाख ५५ हजार ९ सय ४० कित्ताशेयरको सार्वजनिक निष्काशन गर्ने भएको छ । यसका लागि एनएमबि क्यापिटलको व्यवस्थापनमा सनराइज क्यापिटल , हिमालयन क्यापिटल  र कुमारी क्यापिटल लिमिटेडलाई प्रत्याभूतिकर्ता नियुक्ति गरी मंगलबार सम्झौता गरेको छ । यस सम्बन्धी सम्झौता पत्रमा कम्पनीका कार्यकारी अध्यक्ष उमेश कसजु र प्रत्याभूतिकर्ताहरु एनएमबि क्यापिटलका श्रीजेश [&hellip;]</p>

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले ३६ लाख ५५ हजार ९ सय ४० कित्ताशेयरको सार्वजनिक निष्काशन गर्ने भएको छ । यसका लागि एनएमबि क्यापिटलको व्यवस्थापनमा सनराइज क्यापिटल , हिमालयन क्यापिटल  र कुमारी क्यापिटल लिमिटेडलाई प्रत्याभूतिकर्ता नियुक्ति गरी मंगलबार सम्झौता गरेको छ ।

यस सम्बन्धी सम्झौता पत्रमा कम्पनीका कार्यकारी अध्यक्ष उमेश कसजु र प्रत्याभूतिकर्ताहरु एनएमबि क्यापिटलका श्रीजेश घिमिरे,सनराइज क्यापिटलका विजयलालश्रेष्ठ, हिमालयन क्यापिटलका परमेश्वर पन्त र कुमारी क्यापिटलका राजेश श्रेष्ठले  हस्ताक्षर गरेका हुन् ।

कम्पनीले १८ लाख २७ हजार ९ सय ७० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई र बाँकी १८ लाख २७ लाख ९ सय ७० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्ने जानकारी दिएको छ ।

वाग्मतीप्रदेश,सिन्धुपाल्चोक जिल्लाको गुम्बा र गोल्चे गा.वि.स.हरुमाअवस्थित बलेफीखोलाको पानीबाट ३६ मेगावाट क्षमताको माथिल्लो बलेफी ए जलविद्युत आयोजना अहिले निर्माणको चरणमा रहेको र कम्पनीले हालसम्म ८० प्रतिशतसम्मको निमार्ण कार्य सम्पन्न गरिसकेको छ ।

आगामी२०७७ असार सम्ममा सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी आयोजनाबाट उत्पादनहुने विद्युत नेपाल विद्युतप्राधिकरणको प्रसारण लाइनमा जडान गरी बिक्री गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

यस कम्पनीको कुल लागत जम्मारु.६ अर्ब ७८ करोड रहेको (७०ः३०–कर्जाःपूँजीअनुपात) र प्रति मेगावाट रु.१६ करोड ९० लाख रहेको,जुन औषतमा अन्य हाइड्रोपावर कम्पनीको लागतभन्दा कम रहेको छ । आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ८.२८ वर्ष र आयोजनाको डिस्काउण्टेड लगानी फिर्ता हुने अवधि १६.५९ वर्ष रहेको छ ।

आइसीआरए नेपालले यस कम्पनीद्वारा जारी गर्न लागेको शेयर निष्काशनलाई ‘आइसीआरएएनपी फाेर प्लस ‘ प्रदान गरेको छ । कम्पनीको औषत वार्षिक विद्युत उत्पादन राम्रो रहेको तथाआयोजनाको लागत कम रहेकोले सञ्चालनमा आएको पहिलाे वर्षमा नै लाभांश वितरण गर्ने भएकाे छ ।

हाइड्रोपावर क्षेत्रको एउटा राम्रो कम्पनीले बजारमा शेयर निष्काशनगर्दा पूँजीबजार तथा लगानीकर्ताहरुलाई फलदायी हुने कम्पनी तथा प्रत्याभूतिकर्ताले जानकारी गराएको छ ।

Share News