४० लाख रुपैयाँ लगानी गर्दै विमानस्थलमा ‘पर्यटक परी’ राखियो

<p>काठमाडौं । सरकारले ४० लाख रुपैयाँ लागनी गर्दै त्रिभुवन विमानस्थलमा दुई ‘पर्यटक परी’ राखेको छ । पर्यटकहरुको स्वागतका लागि विमानस्थलमा दुई पर्यटक परी नाम गरेका रोबर्ट राखिएको हो । बिहिबार संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले पर्यटक परी नाम गरेका दुई रोबर्टको उद्घाटन गरेका छन् ।  रोबर्ट पाइला टेक्नोलोजीले निर्माण गरेको जनाइएकाे छ। [&hellip;]</p>

काठमाडौं । सरकारले ४० लाख रुपैयाँ लागनी गर्दै त्रिभुवन विमानस्थलमा दुई ‘पर्यटक परी’ राखेको छ । पर्यटकहरुको स्वागतका लागि विमानस्थलमा दुई पर्यटक परी नाम गरेका रोबर्ट राखिएको हो ।

बिहिबार संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले पर्यटक परी नाम गरेका दुई रोबर्टको उद्घाटन गरेका छन् ।  रोबर्ट पाइला टेक्नोलोजीले निर्माण गरेको जनाइएकाे छ।

रोबर्टले बिहिबार राष्ट्रिय गान बजाउँदै सबैलाई आसन ग्रहण गराएको थियो । झन्डै २ महिना समय लगाएर निर्माण गरिएको रोबर्टले नेपाली, अंग्रेजी र चिनियाँ भाषामा पर्यटक लाइ स्वागत गर्ने बताइकाे छ ।

मन्त्री भट्टराईले नयाँ तथा आधुनिक प्रविधिको प्रयोग गरी विमानस्थलमा रोबर्ट राखिएको बताए ।

Share News