काठमाडौं । आइतबार सेयर बजारमा उत्साह देखिएको छ । बजार खुलेको १ घण्टामै करिब ८८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ भने करिब ३९ अंकले परिसूचक बढेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आइतबार (आज) १२ बजेटसम्ममा ८७ करोड ७८ लाख रुपैयाँ बराबरको कारोबार भइसकेको छ । यस्तै, पुँजी बजार मापक नेप्से परिसूचक पनि ३८.८ अंकले बढेको छ ।