काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकका ग्राहकले रोयल कटेजमा १५ प्रतिशत छुट पाउने भएका छन् ।
बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकलाई सहुलियत प्रदान गर्ने गरी सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा बैंकका बेलाटारी शाखा प्रबन्धक रोशन ढकाल र रोयल कटेजका प्रोप्राइटर ध्रुव भट्टराईले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार बैंकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरुले रोयल कटेजको सेवा सुविधामा १५ प्रतिशतसम्म छुट पाउनेछन् ।