अपि पावर कम्पनीले ५६ करोड ७० लाख बराबरको शेयर जारी गर्ने

<p>काठमाडौं । अपि पावर कम्पनीले लामो समयदेखि प्रतिक्षा गरिरहेको हकप्रद शेयर सोमबार नेपाल धितोपत्र बोर्डबाट स्विकृत भएको छ । कम्पनी स्वंयले निर्माण शुरु गरेको ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया निर्माणको लागि १ बराबर २ को हकप्रद जारी गर्न बोर्ड समक्ष निवदेन दिएको थियो । विद्युत नियमन आयोगको सिफारिशमा कम्पनीलाई चरण चरण गरि उक्त आयोजना निर्माणको [&hellip;]</p>

काठमाडौं । अपि पावर कम्पनीले लामो समयदेखि प्रतिक्षा गरिरहेको हकप्रद शेयर सोमबार नेपाल धितोपत्र बोर्डबाट स्विकृत भएको छ । कम्पनी स्वंयले निर्माण शुरु गरेको ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया निर्माणको लागि १ बराबर २ को हकप्रद जारी गर्न बोर्ड समक्ष निवदेन दिएको थियो ।

विद्युत नियमन आयोगको सिफारिशमा कम्पनीलाई चरण चरण गरि उक्त आयोजना निर्माणको लागि हकप्रद जारी गर्ने निर्णय अनुरुप कम्पनीलाई प्रथम चरणमा ५६ लाख ७० हजार कित्ता बापत रु ५६ करोड ७० लाख बराबरको हकप्रद शेयर जारी गर्ने स्विकृती प्राप्त भएको छ ।

सो हकप्रद हाल कम्पनीको कायम चुत्ता पुँजी रु ११९.०७ करोडको १ बराबर ०.४७ कायम भएको छ । कम्पनी यस हकप्रद जारी गरि आगामी आर्थिक वर्षको शुरुवातमा ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया निर्माणको प्रगति विवरण सहित पुनः दोस्रो पटक हकप्रद जारीको लागी बोर्ड समक्ष निवेदन पेश गर्ने भएको छ । दोस्रो चरणको हकप्रद निष्काशनको लागि समेत कम्पनीले विद्युत नियमन आयोगबाट स्विकृति प्राप्त गरिसकेको छ ।

कम्पनीले हाल ८.५ मेगावाटको नौगड गाढ आयोजना वि.स २०७२ साल भदौ देखि संचालन गरी विद्युत बिक्री गरिरहेको र ८ मेगावाटको माथिल्लो नौगाड आयोजना २०७६ साल कात्तिकबाट संचालन गरि थप विद्युत बिक्री गरिरहेको छ । माथिल्लो चमेलिया आयोजना दार्चुला जिल्लामा अवस्थित छ जहाँ कम्पनीले २ आयोजना निर्माण गरिसकेको हो ।

कम्पनीले ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया निर्माणको कार्य लाई तीव्र रुपमा अघि बढाएको छ । आयोजनाको वित्तिय व्यवस्थापनको कार्य अन्तिम रुपमा रहेको र उक्त आयोजनाको निर्माण अबको ३० महिना भित्र सम्पन्न गर्ने कम्पनीका कार्यकारी संचालक संजिव न्यौपानेले बताए ।

Share News