कमलादीस्थित हेयर यन्ड शान्तिका ग्राहकलाई हेरचार डटकमकाे सेवामा दश प्रतिशत छुट

<p>काठमाडौं । हेयर यन्ड शान्तिका ग्राहकले हेरचार डटकमका विभिन्न सेवाशुल्कमा दश प्रतिशत छुट पाउने भएका छन् । व्यावसायिक घराना बैंक,इन्स्योरेन्स,फाइनान्स तथा घरघरमा आइपर्ने मर्मत तथा सम्भार सम्बन्धिकार्य गर्दै आइरहेको हेरचार डटकम तथा अन्तराष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आईरहेको कमलादीस्थित सैलुन हेयर यन्ड शान्तिबीच सो मात्रामा छुट दिने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा हेयर यन्ड [&hellip;]</p>

काठमाडौं । हेयर यन्ड शान्तिका ग्राहकले हेरचार डटकमका विभिन्न सेवाशुल्कमा दश प्रतिशत छुट पाउने भएका छन् ।

व्यावसायिक घराना बैंक,इन्स्योरेन्स,फाइनान्स तथा घरघरमा आइपर्ने मर्मत तथा सम्भार सम्बन्धिकार्य गर्दै आइरहेको हेरचार डटकम तथा अन्तराष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आईरहेको कमलादीस्थित सैलुन हेयर यन्ड शान्तिबीच सो मात्रामा छुट दिने सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा हेयर यन्ड शान्तिका प्रबन्ध निर्देशक देवराज राजभण्डारी र हेरचार डटकमका प्रबन्धक उत्सव भट्टराइले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार हेयर यन्ड शान्ति, कमलादीका ग्राहकहरुले हेरचार डटकम मार्फत गराउने मर्मत तथा सम्भारसम्बन्धि कार्यहरुको सेवा शुल्कमा दश प्रतिशत छुट पाउने भएका हुन् ।

अब छिटै नै बुटवल तथा हेटौडामा शाखा विस्तार गर्न लागेको हेरचारले काठमाडौं बाहिर पनि हेरचारको सेवालाई विस्तार गर्न लागेको हेरचार प्रबन्धक भट्टराइले बताएका छन् ।

Share News