राष्ट्रिय बीमा संस्थानको बीमा अभिकर्ता तालिम काठमाडाैंमा

<p>काठमाडौं । राष्ट्रिय बीमा संस्थानले दुईदिने बीमा अभिकर्ता तालिम सञ्चालन गरेको छ । काठमाडौंमा आयोजित उक्त कार्यक्रम फागुन १८र १९ गते जीवन बीमा अभिकर्ताहरुको लागि सञ्चालन भएको हो । विभागका सह व्यवस्थापक चुडाराज अधिकारी र सहायक व्यवस्थापक स्मृति भट्टले सञ्चालन गरेको उक्त तालिम कार्यक्रममा प्रशिक्षकहरुले जीवन बीमाको सिद्धान्त, असल अभिकर्तामा हुनुपर्ने गुणहरु, जीवन बीमा फाराम [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले दुईदिने बीमा अभिकर्ता तालिम सञ्चालन गरेको छ । काठमाडौंमा आयोजित उक्त कार्यक्रम फागुन १८र १९ गते जीवन बीमा अभिकर्ताहरुको लागि सञ्चालन भएको हो ।

विभागका सह व्यवस्थापक चुडाराज अधिकारी र सहायक व्यवस्थापक स्मृति भट्टले सञ्चालन गरेको उक्त तालिम कार्यक्रममा प्रशिक्षकहरुले जीवन बीमाको सिद्धान्त, असल अभिकर्तामा हुनुपर्ने गुणहरु, जीवन बीमा फाराम भर्ने तरिका, बीमा शुल्क गणना, बीमा अण्डरराइटिंग, दाबी भुक्तानी तथा बीमा बजारीकरण कला आदि विषयमा प्रशिक्षण दिएका थिए ।

४४ जना प्रशिक्षार्थीहरु सहभागी भएको उक्त तालिम कार्यक्रमको समापन तथा प्रमाण पत्र वितरण संस्थानका प्रशासक कविप्रसाद पाठकले गरेका थिए ।

Share News