काठमाडौं । नेपालबाट हुने अन्तर्राष्ट्रिय उडान रोक्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बैठक बसेको छ । विश्वमा कोरोना भाइरसको संक्रमण बढेसँगै नेपालमा पनि सतर्कता अपनाउन बैठक बोलाइएको हो ।
मन्त्रालयका एक उच्च स्रोतका अनुसार कारोना भाइरसको जोखिम बढेसँगै नेपालबाट हुने अन्तर्राष्ट्रिय उडान रोक्ने वा नरोक्ने भन्ने विषयमा छलफल भइरहेको छ ।
‘बैठकमा उच्च अधिकारीहरुको छलफलपछि अन्तर्राष्ट्रिय उडान रोक्ने कि नरोक्ने भन्ने छलफल हुनेछ, सायद आजैदेखि उडान रोक्ने सम्भावना छ,’ स्रोतले भन्यो ।
अहिले सम्म विश्वमा कोरोनाकै कारण ३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने ९० हजारमा यसको संक्रमण देखिएको छ । उपचार भएर फर्केका संख्या ५२ हजारभन्दा बढी रहेको छ । करिब ७७ देशमा कोरोना देखा परिसकेको छ ।
कोरोनाकै कारण २ लाखभन्दा बढी उडानहरु रद्द भइसकेका छन् । विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि कोरोना भाइरसको उच्च जाखिममा राखेको छ ।