कुमारी बैंकद्वारा साढे १३ लाख रुपैयाँको बीमा दावी भुक्तानी, कतिले पाए ?

<p>काठमाडौं । कुमारी बैंकले परिवार सुरक्षा बचत खाता मार्फत कूल १३ लाख ५५ हजार एक सय ८३ रुपैयाँ बराबरको दाबी रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म उक्त खाताबाट  बिमित गर्ने ६१ जना ग्राहकहरुलाई सो मात्राको रकम भुक्तानी गरेको हो । बैंकले अजोड इन्स्योरेन्सको सहकार्यमा उक्त बीमा भुक्तानी गरेको हो । जसमध्ये धेरैजसो औषधोपचार बीमा दाबीहरू [&hellip;]</p>

काठमाडौं । कुमारी बैंकले परिवार सुरक्षा बचत खाता मार्फत कूल १३ लाख ५५ हजार एक सय ८३ रुपैयाँ बराबरको दाबी रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म उक्त खाताबाट  बिमित गर्ने ६१ जना ग्राहकहरुलाई सो मात्राको रकम भुक्तानी गरेको हो ।

बैंकले अजोड इन्स्योरेन्सको सहकार्यमा उक्त बीमा भुक्तानी गरेको हो । जसमध्ये धेरैजसो औषधोपचार बीमा दाबीहरू रहेको बैंकले जनाएको छ ।

कुमारी बैंकले परिवार सुरक्षा बचत खाता मार्फत खातावाला, दम्पत्ति तथा २१ वर्षमुनिका दुई बालबालिका समावेश हुनेगरि स्वास्थापोचार बीमा, आकस्मिक दुर्घटना बीमा, शारीरिक अशक्तता बीमा लगायत १८ घातक रोगहरु विरुद्ध बीमा सुविधा प्रदान गर्दै आएको छ ।

Share News