कोरोनाले एयरलाइन्स उद्योगमा १३१ खर्बको क्षति

<p>काठमाडौं । कोरोना भाइरसले विश्वका वायुसेवा कम्पनीहरुमा ११३ अर्ब अमेरिकी डलर (करीव १३१ खर्ब रुपैयाँ) बराबरको नोक्सानी हुने प्रक्षेपण गरिएको छ । अन्तर्राष्ट्रिय एयर ट्रान्सपोर्ट एशोसिएशन (आएटा) का अनुसार सन् २०२० मा मात्र हवाई यात्रुमा आएको कमीले वायुसेवा कम्पनीहरुमा साे रकम बराबरको नोक्सानी हुने प्रक्षेपण गरिएको हाे। यसअघि आएटाले २० फेब्रुअरीमा गरेको प्रक्षेपणमा २९.३ अर्ब डलर बराबरको [&hellip;]</p>

काठमाडौं । कोरोना भाइरसले विश्वका वायुसेवा कम्पनीहरुमा ११३ अर्ब अमेरिकी डलर (करीव १३१ खर्ब रुपैयाँ) बराबरको नोक्सानी हुने प्रक्षेपण गरिएको छ । अन्तर्राष्ट्रिय एयर ट्रान्सपोर्ट एशोसिएशन (आएटा) का अनुसार सन् २०२० मा मात्र हवाई यात्रुमा आएको कमीले वायुसेवा कम्पनीहरुमा साे रकम बराबरको नोक्सानी हुने प्रक्षेपण गरिएको हाे।

यसअघि आएटाले २० फेब्रुअरीमा गरेको प्रक्षेपणमा २९.३ अर्ब डलर बराबरको क्षति हुने अनुमान थियो । तर, त्यसपछि कोरोनाले विश्वका करीव ८० मुलुकमा आफ्नो प्रभाव बिस्तार गरिसकेको छ । यसले हवाई यात्रुमा व्यापक कमी आउँदा त्यसले एयरलाइन्स उद्योगमा ठूलो क्षति हुने प्रक्षेपण आएटाले गरेको हो ।

अहिले हवाई यात्रुको संख्यामा गिरावट आएको छ । यसले ठूलो धनरासी नोक्सान हुने प्रक्षेपण ले गरेको छ ।

आएटाका अनुसार कोरोना भाइरसको संक्रमणसँगै एयरलाइन्स कम्पनीको शेयर मूल्यसमेत विश्वव्यापी रुपमा करीव २५ प्रतिशतले गिरावट आइसकेको छ । यो सन् २००३ यताकै सबैभन्दा कम रहेको आएटाको भनाइ छ ।

एसियामा र यूरोपमा ठूलो क्षति

कोरोनाका कारण एसियाली मुलुकका एयरलाइन्सले ठूलो क्षति बेहोर्ने आएटाको प्रक्षेपण रहेको छ । सन् २०२० मा सबैभन्दा ठूलो क्षति इटाली र चीनले बेहोर्नेछन् ।

यस वर्ष चीनले कूल यात्रु संख्यामा २३ प्रतिशत गिरावटको सामना गर्नेछ । जापानले १२ प्रतिशत, सिंगापुरले १०, दक्षिण कोरियाले १४ र इटालीले २४ प्रतिशत यात्रुको गिरावट हुने अनुमान छ ।

फ्रान्समा १०, जर्मनीमा १० र इरानमा १६ प्रतिशतको गिरावट देखिने प्रक्षेपण आएटाको रहेको छ । समग्रमा हेर्दा अष्टे्रलिया, चीन, जापान, मलेसिया, सिंगापुर, दक्षिण कोरिया, थाइल्याण्ड र भियतनाममा मात्र २३ प्रतिशतले यात्रु गिरावट आउँदा यी मुलुकका वायुसेवा कम्पनीले ४९.७ अर्ब डलर बराबरको नोक्सानी बेहोर्ने भएका छन् ।

नेपाल समेत रहेको एसिया प्यासेफिक क्षेत्रमा यात्रुको संख्या समग्रमा ९ प्रतिशतको गिरावट आउने छन् । यसले ७.६ अर्ब डलर बराबरको नोक्सानी हुनेछ । इटाली, जर्मनीसहित १० यूरोपेली मुलुकमा २४ प्रतिशतले यात्रु घट्दा ३७.३ अर्ब डलरको नोक्सानी यस भेगका कम्पनीले बेहोर्ने भएका छन् ।

इराक, बहराइन, कुवेत, लेवनान र यूइर्एमा २३ प्रतिशतले यात्रु घट्दा ४.९ अर्ब डलर बराबरको नोक्सानी हुने आएटाको प्रक्षेपण रहेको छ । अमेरिका र क्यानडामा १० प्रतिशतले यात्रु घट्दा २१.१ अर्ब डलर बराबरको आर्थिक नोक्सानी हुने आएटाले गरेको प्रक्षेपणमा उल्लेख छ । हाल विश्वमा २ लाखभन्दा बढी उडान रद्द भइसकेका छन् ।

Share News