अन्तर्राष्ट्रिय विमानस्थल किन बन्द गर्दैन सरकार ?

<p>काठमाडौं । कोरोना भाइरस विश्वभर फैलिएपछि नेपालमा पनि ठूलो त्रास फैलिएको छ । सरकारले कोरोना फैलने त्रासले नेपालभित्र अत्यावश्यक अवस्थामा मात्र घरबाट बाहिर निष्कशन, धेरै मासिन जमघट हुने कुनै पनि कार्यक्रम आयोजना नगर्न निर्देशन दिएको छ । कोरोना फैलिएको देशबाट नेपाल आउने विमानलाई नेपाल सरकारले किन रोक्दैन ? किन अन्तराष्ट्रिय विमानस्थल बन्द गर्दैन ? अन्तराष्ट्रिय [&hellip;]</p>

काठमाडौं । कोरोना भाइरस विश्वभर फैलिएपछि नेपालमा पनि ठूलो त्रास फैलिएको छ । सरकारले कोरोना फैलने त्रासले नेपालभित्र अत्यावश्यक अवस्थामा मात्र घरबाट बाहिर निष्कशन, धेरै मासिन जमघट हुने कुनै पनि कार्यक्रम आयोजना नगर्न निर्देशन दिएको छ ।

कोरोना फैलिएको देशबाट नेपाल आउने विमानलाई नेपाल सरकारले किन रोक्दैन ? किन अन्तराष्ट्रिय विमानस्थल बन्द गर्दैन ? अन्तराष्ट्रिय विमानस्थल बन्द गर्दा वा विदेशीहरु प्रवेश गर्ने नाका बन्द गर्दा के नेपाली भोकै मर्छन् ? सरकारको प्राथमिकता कोरोना महामारी रोक्ने हो कि अन्तराष्ट्रिय विमानस्थल बन्द गर्दा अर्थतन्त्रमा नकारात्मक असर पर्छ, विश्व सम्बन्धमा खलल पर्छ भनेर विमानस्थल चालु राख्ने ? किन सरकारले महामारीलाई प्रवेशको लागि ढोका खुला राखेको छ ? सर्वसार्धारणले प्रश्न गरिरहेका छन् ।

तर सरकार महामारीको ढोका बन्द गर्न तयार छैन । ‘नेपाल कोरोनामुक्त देश हो । विदेशीलाई नेपाल ल्याएर सुरक्षित बाँच्न दिनुपर्छ’ भन्ने पर्यटन मन्त्री योगेश भट्टराईको विचारपथमा सरकार हिडिरहेको आभास सर्वसाधारणलाई भईरहेको छ ।

सर्वोच्च अदालतले समेत अन्तर्राष्ट्रिय उडान बन्द गर्न नेपाल सरकारलाई आदेश दिएको छ । तर अदालतको आदेश समेत सरकारले मानिरहेको छैन ।

सरकारी अधिकारीको तर्क

अन्तर्राष्ट्रिय नागरिक उड्यन संस्था (आईकाओ), विश्व स्वाथ्य संगठन र अन्तर्राष्ट्रिय हवाई उडान सम्बन्धि सम्झौताहरुको आधारमा हवाई सेवा बन्द गर्न नसकिने सरकारी अधिकारीहरुको भनाई छ । ‘सर्बोच्च अदालतको आदेश वा सर्बसाधारणको भावनालाई मात्र आधार मानेर हामीले अन्तर्राष्ट्रिय उडानहरु बन्न गर्न सक्दैनौ । आईकाओ, डब्लुएचओ, अन्तराष्ट्रिय हवाई उडान सम्झौताले के भन्छ ? अन्तराष्ट्रिय अभ्यास के छ ? त्यसका आधारमा हामीले निर्णय लिनुपर्छ’ एक उच्च सरकारी अधिकारीले भने ।
नेपालबाट उडान जाने सबै देशमा कोरोना देखिएको तर नेपालले एक्लै चाहेर ती देशबाट हवाई सेवा बन्द गराउन नसक्ने उनको तर्क छ । विमानस्थलबाट कोरोना भाइरस नेपाल छिर्न सक्ने आशंकासहित त्यसलाई रोक्ने विषयमा मन्त्रालयमा नागरिक उड्यन प्राधिकरण प्रतिनिधि र विज्ञसँग पटक पटक छलफल भएको तर विमानस्थल बन्द गर्ने निर्णय नभएको स्रोतले बतायो ।

अरु देशले गरेको अभ्यास

कोरोना भाइरस उत्पत्तिको देश चीन जाने सबै उडान अमेरिकाले बन्द गरेको तर अमेरिकाले चिनियाँ जहाज आउन नरोकेको उनले बताए । त्यस्तै, भारतले चीनतर्फको सबै उडान बन्द गरेको तर चीनबाट भारत जाने उडान भारतले नरोकेको उनले बताए ।

नेपालको हिमालयन एयरलाईन्सले चीनतर्फ साताको १५ वटा उडान भर्ने गरेकोमा कोरोना प्रकोपपछि सबै बन्द गरिएको तर चिनियाँ जहाज नेपाल आउने काम नरोकिएको उनले बताए । ‘पहिला चीनबाट सातामा ५० जहाज नेपाल आउँथे, अहिले सातामा ८ वटामा सीमित भएको छ’ उनले भने ।

दक्षिण कोरियाबाट सातामा ५ विमान नेपाल आउने गरेकोमा हाल ४ वटामा झरेको छ । नेपाल एयरलाईन्सले भने जापानमा अहिले पनि सातामा ३ वटा उडान जारी राखेको छ ।

धेरै देशले आफ्ना नागरिकलाई अत्यावश्यक पर्दा मात्र विदेश भ्रमणमा जान भनेकोले हवाई उडानको संख्यामा उच्च गिरावट देखिएको छ । विकसित देशहरुले हवाइ जहाजमा एक जना मात्र कोरोना संक्रमित यात्रु प्रवेश गरेमा विमानका सबै यात्रु, चालक तथा कर्मचारीलाई समेत कोरोना संक्रमणको जोहिम हुने भन्दै कडा स्वास्थ्य जाँच गरिरहेका छन् । विदेशी एयरपोर्टमा यसरी गरिने चाँजमा विश्वस्त हुँदै नेपाल सरकारले कडा कदम नचालेको जानकारहरु बताउँछन् ।

बन्द गर्दा नराम्रो सन्देश

विमानस्थल बन्द गर्दा झन् नराम्रो सन्देश जाने सरकारी अधिकारीहरुको तर्क छ । ‘विदेशमा ६० लाख भन्दा बढी नेपाली छन् । उनीहरु नेपाल आउन चाहेको अवस्थामा फिर्ता हुन सरकारले सहयोग गर्नुपर्छ । यस परिवेशमा विमानस्थल बन्द गर्ने निणर्य गर्दा नराम्रो सन्देश जान्छ’ उनले भने ।

कोरिया, मलेसिया, जापान लगायत देशमा जाने नेपालीहरु कोरोनाको त्राससँगै नेपाल फर्कन चाहेका छन् । ‘हामीले विदेशी नागरिकलाई मात्र हेरेर भएन, आफ्नै देश फर्कन चाहाने नेपालीलाई पनि हेर्नुपर्छ’ उनले भने ।  सरकारले पछिल्लो समय विदेशीलाई दिने भिषमा कडाई गरेको, बढी जोखिम भएको देशका नागरिकलाई अनअराईवल भिषा बन्द गरेको, भिषा पाएका विदेशीले स्वास्थ्य परिक्षणको रिपोर्ट पेस गर्नु पर्ने लगायतको व्यवस्था गरिएको ती अधिकारीले बताए ।

Share News