बढ्दैछ बीमा क्षेत्रमा महिला सहभागिता

<p>काठमाडौं । बीमा क्षेत्रमा महिला सहभागिता बढ्ने क्रममा रहेको छ । महिलालाई रोजगारी गर्न सहज र पेशागत सुरक्षा हुने भएकोले बीमा क्षेत्रमा नारी सहभागिता बढेको हो । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल बीमा क्षेत्रमा महिना उपस्थिति बढ्दै गएको बताउँछन् । सरकारले ल्याएको नीति र बीमा क्षेत्रको विशेषताको कारण यो क्षेत्रमा महिला सहभागिता बढेको पौडेलको [&hellip;]</p>

काठमाडौं । बीमा क्षेत्रमा महिला सहभागिता बढ्ने क्रममा रहेको छ । महिलालाई रोजगारी गर्न सहज र पेशागत सुरक्षा हुने भएकोले बीमा क्षेत्रमा नारी सहभागिता बढेको हो ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल बीमा क्षेत्रमा महिना उपस्थिति बढ्दै गएको बताउँछन् । सरकारले ल्याएको नीति र बीमा क्षेत्रको विशेषताको कारण यो क्षेत्रमा महिला सहभागिता बढेको पौडेलको भनाइ छ ।

‘पछिल्लो समय नेपाल सरकाले महिलामैत्री नीति ल्याएको छ भने बीमा समिति तथा कम्पनीहरुले यसको प्रभावकारी कार्यान्वयनमा कदम चालेका छन्, बीमा कम्पनीहरुले महिलालाई रोजगारी दिनेदेखि महत्वपूर्ण जिम्मेवारी दिने गरको कारण यो क्षेत्रमा महिला सहभागिता बढेको हो,’ कार्यकारी निर्देशक पौडेलले विकासन्युजसँग भने ।

तर, बीमा क्षेत्रमा कति महिला कार्यरत छन् भन्ने यकिन तथ्यांक भने छैन । बीमा समिति तथा विभिन्न कम्पनीहरुमा महिलाको उल्लेख्य सहभागिता भएपनि एकीकृत तथ्यांक नभएको कारण यति नै संख्या छ भनेर किटान गर्न नसकिने सरोकारवाला बताउँछन् ।

छैनन् महिला सिइओ

बीमा क्षेत्रमा महिना सहभागिता उल्लेख्य भएपनि व्यवस्थापनको नेतृत्व तहमा महिला छैनन् । अहिले संचालनमा ४० वटा बीमा कम्पनी भएपनि कुनै पनि कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) महिला नभएको समितिको भनाइ छ ।

तर, बीमा कम्पनीका शाखा प्रमुखको रुपमा भने महिलाको उपस्थिति उल्लेख्य छ ।

निजी कम्पनीमा उल्लेख्य महिला

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) शिवनाथ पाण्डेले बीमा क्षेत्रमा महिला सहभागिता राम्रो रहेको जानकारी दिए । सो कम्पनीमा कुल कर्मचारीको ३८ प्रशित महिला रहेको प्रमुख कार्यकारी अधिकृत पाण्डेको भनाइ छ ।

बीमा क्षेत्रमा बीमा समिति, बीमा कम्पनी, सर्भेयर, अभिकर्ताको रुपमा रोजगारी गर्ने अवसर हुन्छ । हाल उक्त रोजगारीहरुमा आकर्षण बढ्ने क्रममा छ । बीमा कम्पनीहरुले महिलामैत्री वातावरणमा काम गर्दै आएकाले यस क्षेत्रमा काम गर्ने महिला बढेको जानकारहरु बताउँछन् ।

पछिल्लो समय बीमाको पहुँच बढ्दो क्रममा छ । बीमा समितिका अनुसार उक्त वृद्धी सम्भव भएसँगै बीमा क्षेत्रमा काम गर्ने कर्मचारीहरुमा समेत वृद्धी हुँदैछ । यस्तो कर्मचारी वृद्धीसँग महिला कर्मचारीहरु जोडिने बीमा समितिले जानकारी दिएको छ ।

Share News