व्यापारीले भने: हल्लाकाे पछि नलाग्नुस्, कुनै पनि उपभोग्य वस्तुको अभाव छैन

<p>काठमाडौं । बजारमा उपभाेग्य वस्तुकाे अभाव भइरहेकाे हल्ला चलिरहेकाे बेला व्यापारीहरुले कुनै पनि उपभाेग्य वस्तुकाे अभाव नभएकाे बताएका  छन् । विश्वभर कोरोना भाइरसको संक्रमण क्रम बढ्दै गएका बेला उपभोग्ताले हल्लाको पछि लागेर वस्तुको मौज्दातको राख्न थालेकाे बेला उनीहरुले यस्ताे प्रतिक्रिया दिएका हुन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य तथा आपूर्ती सचिव डा. बैकुण्ठ अर्यालले पनि [&hellip;]</p>

काठमाडौं । बजारमा उपभाेग्य वस्तुकाे अभाव भइरहेकाे हल्ला चलिरहेकाे बेला व्यापारीहरुले कुनै पनि उपभाेग्य वस्तुकाे अभाव नभएकाे बताएका  छन् । विश्वभर कोरोना भाइरसको संक्रमण क्रम बढ्दै गएका बेला उपभोग्ताले हल्लाको पछि लागेर वस्तुको मौज्दातको राख्न थालेकाे बेला उनीहरुले यस्ताे प्रतिक्रिया दिएका हुन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य तथा आपूर्ती सचिव डा. बैकुण्ठ अर्यालले पनि उपभोग्ताले हल्लाको भरमा नै उपभोग्य वस्तुहरुको खपत बढाएको बताए ।

‘उपभोक्ताहरु हल्लाको पछि लागेर बजारमा उपभोग्य वस्तु अभाव हुने हो कि भन्ने डरले चाहिनेभन्दा धेरै वस्तु किन्न थालेका छन्, बजारमा आवश्यक पर्ने वस्तु भएकाले आवश्यताभन्दा धेरै वस्तु नकिन्न आग्रह छ,’ अर्यालले भने ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले कोरोनाको त्रासले औषधी अभाव हुने हो कि भनेर उपभोक्ताले चाहिनेभन्दा धेरै औषधी किन्न थालेको बताए ।

‘बजारमा आवश्यक पर्ने औषधीको अभाव हुँदैन, भारतले केही औषधीमा प्रतिबन्ध लागाए पनि चीनले औषधी उत्पादन गर्ने कच्चा पदार्थ दिन तयार रहेको छ,’ कोइरालाले भने ।

नेपाल चेम्बर अफ कर्मशका अध्यक्षे राजेशकाजी श्रेष्ठले माक्स उत्पादकसगँ चेम्बर अफ कर्मशले ७ रुपैयाँ किनेर ५ रुपैयाँमा बिक्री गरिरहेकाे बताए । दुई दिन पछि बजारमो मागभन्दा धेरै उत्पादन हुने श्रेष्ठकाे भनाइ छ ।

नेपालमा तेल, चामल र दाल बिक्रेता सघंका अध्यक्ष अनिल पराजुलीले नेपालमा तेल, चामाल र दाल ५ महिनालाई पुग्ने अवस्थामा रहेको बताए । साल्ट ट्रेडिङ कर्पोरेशनका सिइयो उर्मीला श्रेष्ठले नेपालमा नुनको आयात तथा विक्री वितरण गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेशनले आगामी १० महिनासम्मलाई पुग्ने नुन मौज्दात रहेको बताइन् ।

Share News