सेयर बजार उत्पादनमूलक भएन, बन्द गरौंः सांसद सुवाल

<p>काठमाडौं ।  नेपाल मजदुर किसान पार्टीका सांसद् प्रेम सुवालले सेयर बजार उत्पादनमूलक नभएकाे बताएका छन् । बिहिबार प्रतिनिधिसभाकाे बैठकमा उनले सेयर बजारले मान्छेलाई अल्छी बनाउने काम गरेकाे र याे उत्पादनमूलक पनि नभएकाेले यसलाई  बन्द गर्नु पर्ने माग गरेका हुन् । ‘कोठामा बसेर कारोबार गरिने सेयर बजारले व्यक्तिलाई अल्छी बनायाे, यसलाई बन्द गरेर  मान्छेलाई परिश्रम गर्नेमा जोड दिनुपर्छ, याे [&hellip;]</p>

काठमाडौं ।  नेपाल मजदुर किसान पार्टीका सांसद् प्रेम सुवालले सेयर बजार उत्पादनमूलक नभएकाे बताएका छन् । बिहिबार प्रतिनिधिसभाकाे बैठकमा उनले सेयर बजारले मान्छेलाई अल्छी बनाउने काम गरेकाे र याे उत्पादनमूलक पनि नभएकाेले यसलाई  बन्द गर्नु पर्ने माग गरेका हुन् ।

‘कोठामा बसेर कारोबार गरिने सेयर बजारले व्यक्तिलाई अल्छी बनायाे, यसलाई बन्द गरेर  मान्छेलाई परिश्रम गर्नेमा जोड दिनुपर्छ, याे उत्पादनमुलक पनि भएन,’ उनले भने ।

प्रतिनिधिसभामा पेश भएको धितोपत्र सम्बन्धि विधेयकको सैद्दान्तिक छलफलमा भाग लिदै उनले साे कुरा बताएका हुन् ।

 

 

Share News