काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अब सानो पुँजी भएकाहरु पनि लाखौं सम्पत्तिका मालिक बन्न सक्ने बताएका छन् । बिहिबारकोे प्रतिनिधिसभाको बैठकमा धितोपत्र ऐनको संसोधन विधेयकमा सांसद्हरुले उठाएको सैद्दान्तिक प्रश्नको जवाफ दिदै खतिवडाले नेपालीहरुसँग थोरै पुँजी भएपनि कुनै न कुनै माध्यमबाट सम्पत्तिको मालिक बन्न सक्ने व्यवस्था गरिएको बताएका हुन् ।
उक्त विधेयकमा साना लगानीकर्ता तथा पुँजी भएकाहरुलाई पनि उचित लगानीको प्रवन्द्द गरी र कुनै कुनै माध्यमको प्रयोग गरी मालिक बन्न सक्ने व्यवस्था गरेको बताएका हुन् ।
‘केही समय अघिदेखि जलविद्युतका क्षेत्रमा हजारौको संख्यामा सेयर सहभागिता हुदैँ आएको छ’ त्यहाँ थोरै आयस्तर भएका व्यक्तिले पनि सेयर किन्ने व्यवस्था गरिएको छ,लघुवित्तसस्थाबाटै कर्जा लिएर भएपनि सेयर किन्न सकिने व्यवस्था गरिएको छ’, उनले भने ।
उनले आफैले ठुलो जोखिम लिन नसक्ने, उद्योग नै खोल्न नसक्ने तर जोखिममा कुनै न कुनै रुपमा सहभागी हुन्छु भन्ने चाहने साना मझौला बचतकर्ताहरुको लागि पनि पूँजी बजार उपयुक्त माध्यम भएको बताए । उनले जोखिम लिन नचाहनेको लागि सामुहिक लगानी कोष आएको भन्दै सेयरको सुनिश्चतता पनि यसै धितोपत्र ऐन र नियमावलीमा व्यवस्था गरिएको बताए ।
यस्तै, उनले सेयर बजार कोरोनाको कारण घटेको बताए । सेयर खरिद गरिने कम्पनीको अवस्था र सरकारको नीति निर्देशन कस्तो आउँछ भनेर विचार विश्लेष्ण गरेर सेयर किन्नु पर्ने उनके धारणा थियो । उनले नियमनलाई बजारको सिद्धान्त अनुसार, धितोपत्र बजारलाई प्रतिस्पर्धात्मक, पारदर्शी र कानून ल्याउदै नियामक निकायको भूमिकालाई बलियो बनाउने बताए ।