३ हजारले घट्यो सुनको मल्य

<p>काठमाडौं । सुनको भाउमा एकै दिन उच्च गिरावट आएको छ । बिहीबार ८१ हजार ५ सयमा कारोबार भएको सुन शुक्रबार तोलामा ३ हजारले गिरावट आएको छ । आजका लागि नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाला सुन तोलाको ७८ हजार ५ सय कायम गरेको छ । मंगलबार तोलाको हालसम्मकै उच्च ८२ हजार ७ सय पुगेको सुन बुधबार ४ [&hellip;]</p>

काठमाडौं । सुनको भाउमा एकै दिन उच्च गिरावट आएको छ । बिहीबार ८१ हजार ५ सयमा कारोबार भएको सुन शुक्रबार तोलामा ३ हजारले गिरावट आएको छ । आजका लागि नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाला सुन तोलाको ७८ हजार ५ सय कायम गरेको छ ।

मंगलबार तोलाको हालसम्मकै उच्च ८२ हजार ७ सय पुगेको सुन बुधबार ४ सयले घटेर ८२ हजार ३ सयमा कारोबार भएको थियो । बिहीबार ८ सायले घटेर तोलाको ८१ हजार ५ सयमा कारोबार भएको थियो ।

यस्तै, शुक्रबार तेजावी सुनको भाउ पनि तोलामा ३ हजारले झरेर ७८ हजार २ सय कायम भएको महासंघले जनाएको छ । बिहीबार तोलाको ८१ हजार २ सयमा कारोबार भएको थियो ।

चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँले झरेको छ । आज चाँदीको भाउ तोलाको ८ सय २० रहेको महासंघले जनाएको छ । बिहीबार तोलको ८ सय ६० मा कारोबार भएको थियो भने बुधबार तोलको ८ सय ८० मा कारोबार भएको थियो ।

Share News