काठमाडौं । कोरोना भाइरस ९कोविड १९० को प्रकोपका कारण भारतले पर्यटक भिसा बन्द गरेको छ। भारतले सबै खालका पर्यटक भिसा अप्रिल १५ सम्मका लागि बन्द गरेको बताएको हो ।
साथै, भारतले प्रकोप रहेका विश्वका विभिन्न सातवटा देशबाट आएका नागरिकलाई अनिवार्य रूपमा क्वारेन्टाइनमा राख्ने बताएको छ। भारत सरकारले चीन, इटाली, इरान, दक्षिण कोरिया, फ्रान्स, स्पेन र जर्मनीबाट आउने पर्यटकलाई अनिवार्य रूपमा क्वारेन्टाइनमा राखिने पनि जनाएको छ।
ती देशबाट भारत प्रवेश गर्ने नागरिकलाई कम्तीमा पनि १४ दिन क्वारेन्टाइनमा राखिने व्यवस्था मिलाइएको भारत सरकारले जनाएको छ। कूटनीतिक प्रयोजनका लागि आवश्यक, अन्तरराष्ट्रिय संस्थाहरूका भिसा, रोजगारीसम्बन्धी र आयोजनाका भिसा भने यथावत् रहने बताइएको छ।