नेपाल वायुसेवा निगमका भारत र थाइल्याण्डका उडान कटाैती

<p>काठमाडौं । नेपाल वायुसेवा निगमले दुईवटा रद्द गर्ने भएकाे  छ । कोरोना भाइरसका कारण यात्रु संख्यामा आएको कमीले गर्दा नेपाल वायुसेवा निगमले आफ्नो उडान तालिकामा केही कटौती गरेको छ । शुक्रबार प्रेस विज्ञप्तिमार्फत निगमले दैनिक दुईवटा उडान गर्दै आएको काठमाण्डौ – दिल्ली– काठमाण्डौ उडान मार्च १५ देखि लागू हुनेगरी एउटा मात्र गर्ने जनाएको छ । यस अनुसार [&hellip;]</p>

काठमाडौं । नेपाल वायुसेवा निगमले दुईवटा रद्द गर्ने भएकाे  छ । कोरोना भाइरसका कारण यात्रु संख्यामा आएको कमीले गर्दा नेपाल वायुसेवा निगमले आफ्नो उडान तालिकामा केही कटौती गरेको छ ।

शुक्रबार प्रेस विज्ञप्तिमार्फत निगमले दैनिक दुईवटा उडान गर्दै आएको काठमाण्डौ – दिल्ली– काठमाण्डौ उडान मार्च १५ देखि लागू हुनेगरी एउटा मात्र गर्ने जनाएको छ । यस अनुसार अब बिहानको उडान नियमित राखी साँझको उडान अर्को व्यवस्था नभएसम्मका लागि स्थगित गरिएको छ ।

यसैगरी, बेंगलौरको नियमित उडान मार्च १९ र ३१ तारिखका लागि रद्द गरिएको छ भने मुम्बईका लागि हुने प्रत्येक शुक्रबारको उडान १५ मार्च देखि १५ अप्रिल सम्म स्थगित गरिएको छ ।

बैंककको मार्च ११ र मार्च २५ को उडान एवं हङकङको मार्च १९ र मार्च २६ को उडान पनि रद्द गरिएको छ । यस्तै, निगमले काठमाण्डौ दोहा उडान फागुन २७ गते देखि नै अर्को सूचना नभए सम्मका लागि स्थगित गरिसकेको छ ।

Share News