सेयर लगानीकर्ता ब्रोकरको अफिसमा जान नपाउने

<p>काठमाडौं । लगानीकर्ताले धितोपत्र दलाल व्यवसायी (सेयर ब्रोकर) को अफिसमा गएर टिभीमा सेयर कारोबारको लाइभ हेर्न नपाउने भएका छन् । बोर्डले बढी भिडभाड नगर्न र लगानीकर्ता ब्रोकर अफिसमा आउने अवस्था निरुत्साहित होस भने यस्तो निर्णय गरेको हो । कोरोना संक्रमण सन्त्रासको कारण पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डले स्क्रीन एक्जिविसन रुम बन्द गर्न निर्देशन दिएको [&hellip;]</p>

काठमाडौं । लगानीकर्ताले धितोपत्र दलाल व्यवसायी (सेयर ब्रोकर) को अफिसमा गएर टिभीमा सेयर कारोबारको लाइभ हेर्न नपाउने भएका छन् । बोर्डले बढी भिडभाड नगर्न र लगानीकर्ता ब्रोकर अफिसमा आउने अवस्था निरुत्साहित होस भने यस्तो निर्णय गरेको हो ।

कोरोना संक्रमण सन्त्रासको कारण पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डले स्क्रीन एक्जिविसन रुम बन्द गर्न निर्देशन दिएको कारण टिभी हेर्न नपाइने भएको हो ।

पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डले सेयर ब्रोकरलाई विभिन्न ५ बुदे निर्देशन दिएको छ । कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले गरेको विभिन्न निर्णय तथा सेयर लगानीकर्ता, धितोपत्र दलाल व्यवसायी र अन्य सरोकारवालासँगको परामर्शमा यस्तो निर्णय गरिएको बोर्डको भनाइ छ ।

नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले ‘अत्यावश्यक कामका बाहेक आवतजावत, हिडडुल नगर्ने, सार्वजनिक स्थलहरुमा २५ जनाभन्दा बढी मानिसहरु भेला नहुने, स्कूल, कलेज, सरकारी, सामूदायिक तथा निजी क्षेत्रका तालिम केन्द्र तथा प्रतिष्ठानहरु एवं निजी क्षेत्र क्षेत्रका शैक्षिक परामर्श केन्द्रहरुबाट संचालित कार्यक्रमहरु बन्द गर्ने’लगायतका विभिन्न १८ वटा निर्णय गरेको थियो । सोही निर्णयका आधारमा बोर्डले धितोपत्र बजार सम्बद्ध विभिन्न पाँच लगानीकर्ता संघले पेश गरेको ज्ञापन पत्र तथा उक्त पाँच लगानीकर्ता संघहरुका प्रतिनिधिहरु, स्टक एक्सचेञ्जका उच्च पदाधिकारीहरु, स्टक ब्रोकर एशोसिएसनका पदाधिकारी र बोर्डका पदाधिकारीहरु बीच कोरोना भाइरसका कारणबाट फैलिएको त्रास र यसवाट विभिन्न आर्थिक गतिविधिहरुमा परेको प्रभाव तथा असर सम्बन्धमा छलफल भएको थियो ।

उक्त छलफल पश्चात् नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको पछिल्लो निर्णय र बजार सम्बद्ध पक्षहरुको हालको परिस्थितिप्रतिको चासो तथा गाम्र्भियता समेतलाई दृष्टिगत गरी विभिन्न निर्णय गरिएको बोर्डको भनाइ छ ।

यस्ता छन् निर्णयहरु

(१) धितोपत्र दलाल व्यवसायीहरुले स्क्रीन एक्जिविसन रुम बन्द गर्ने

(२) कार्यालयमा कर्मचारी बाहेक एक पटकमा पाँच जनाभन्दा बढीको संख्यामा ग्राहकको भिडभाड नहुने व्यवस्था गर्ने ।

(३) कार्यालयमा कर्मचारीहरु तथा लगानीकर्ताहरु प्रवेश गर्दा हात सफा गर्ने, स्यानिटाइजर तथा मास्कको प्रयोग र तापक्रम मापन कार्य गर्ने व्यवस्था गर्ने ।

४) कोरोना भाइरस तथा यसबाट बच्ने उपायहरु सम्बन्धी सूचनामूलक जानकारी प्रवेशद्वारमा राख्ने ।

(५) नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मिति २०७६।१२।०५ को सम्बन्धित निर्णयहरु कार्यान्वयन गर्ने व्यवस्था मिलाउने ।

Share News