नेपाल वायुसेवा निगमका भारतका तीन गन्तव्यका उडान स्थगित

<p>काठमाडौं । नेपाल वायुसेवा निगमले भारतमा तीन गन्तव्यका उडान स्थगित गरेको छ । निगमले एक सूचना जारी गर्दै उडान स्थगित गरेकाे बताएकाे हाे। निगमले भारतको नयाँ दिल्ली, मुम्बई र ब्याङ्ग्लोरमा गर्दै आएको नियमित उडानहरु चैत्र ९ गतेदेखि लागू हुनेगरी स्थगित गरेको हाे । डाइरेक्टोरेट जनरल अफ सिभिल एभिएसन, भारतद्धारा कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धमा [&hellip;]</p>

काठमाडौं । नेपाल वायुसेवा निगमले भारतमा तीन गन्तव्यका उडान स्थगित गरेको छ । निगमले एक सूचना जारी गर्दै उडान स्थगित गरेकाे बताएकाे हाे।

निगमले भारतको नयाँ दिल्ली, मुम्बई र ब्याङ्ग्लोरमा गर्दै आएको नियमित उडानहरु चैत्र ९ गतेदेखि लागू हुनेगरी स्थगित गरेको हाे । डाइरेक्टोरेट जनरल अफ सिभिल एभिएसन, भारतद्धारा कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धमा जारी गरिएको सूचनाअनुसार ती गन्तव्यको नियमित उडानहरु स्थगित गरिएकाे हाे ।

चैत्र ९ गतेदेखि उडान स्थगित गरिएको अवधिभरका लागि टिकट खरिद गरेका यात्रुहरुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पुरै उपलब्ध गराउने एयरलाइन्सले बताएको छ। निगमले  हाल चैत्र १६ गतेसम्मका लागि उडान स्थगित गरिएको जानकारी दिएको छ ।

Share News