लकडाउनको बेला किन आयो QRT346D जहाज ?

<p>काठमाडौं । सम्भावित कोरोना (कोभिड १९) संक्रमण रोक्न सरकारले देशभर लकडाउन लागू गरेको समयमा आज विहान ९ः३५ बजे एउटा जहाज काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । सरकारले लकडाउन गरेर सवै राष्ट्रिय तथा अन्तराष्ट्रिय विमान सेवा रोकेको समयमा क्युटीआर३४६डी (QRT346D) नम्बरको जहाज कतार एयरवेजको जहाज काठमाडौं अवतरण गरेको हो । केही दिनयता अकाशमा जहाज [&hellip;]</p>

काठमाडौं । सम्भावित कोरोना (कोभिड १९) संक्रमण रोक्न सरकारले देशभर लकडाउन लागू गरेको समयमा आज विहान ९ः३५ बजे एउटा जहाज काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

सरकारले लकडाउन गरेर सवै राष्ट्रिय तथा अन्तराष्ट्रिय विमान सेवा रोकेको समयमा क्युटीआर३४६डी (QRT346D) नम्बरको जहाज कतार एयरवेजको जहाज काठमाडौं अवतरण गरेको हो ।

केही दिनयता अकाशमा जहाज उडेको आवाज नसुनेका कोटेश्वरवासीमा यो जहाज किन आयो भन्ने कौतुहलता जागेको थियो । सो क्षेत्रमा बस्नेहरुले झ्याल तथा बरण्डामा निस्किएर हजाज किन आयो भन्ने जिज्ञासा गरेका थिए ।

सो जहाज कतारको दोहाबाट खाली आएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक देवेन्द्र केसीले जानकारी दिए । नेपाल सरकारले विशेष अनुरोध गरेको कारण विदेशी नागरिक लिनको लागि सो जहाज काठमाडौं आएको केसीको भनाइ छ ।

‘विदेशी नागरिक लिनको लागि नेपाल सरकारकै पहलमा सो जहाज आएको हो, उताबाट खाली आएको थियो, अब यहाँबाट विदेशी नागरिक लिएर जान्छ,’ महाप्रबन्धक केसीले विकासन्युजसँग भने ।

सो जहाजमा युरोपेली देशका नागरिक लैजाने गरी आएको केसीले जानकारी दिए ।

‘जर्मनी दुतावासको विशेष आग्रहमा विदेशी नागरिक लैजान लागिएको भन्ने सुनेको छु, त्यसमा धेरै जर्मनी नागरिक हुन पनि सक्छन्, तर विस्तृत विवरण मसँग पनि प्राप्त भएको छैन, तर सरकारले नै आग्रह गरेर जहाज आएकोले यसमा आत्तिनुपर्ने अवस्था केही छैन,’ केसीले भने ।

Share News