कोरोना परिक्षण गर्ने किट र अतिआवश्यक बस्तु आयात गर्न खुल्यो चीनतर्फका नाका

<p>काठमाडौं । कोरोना परिक्षण गर्ने किट र अतिआवश्यक बस्तु आयात चीन तर्फमा रसुवागढी र तातोपानी नाका खुला भएको छ । दुई महिनापछि नेपाल–चीन व्यापारिक नाका खुला गरेको हो । सरकारले केही दिन अघि शुक्रबारबाट रसुवाको रसुवागढी र सिन्धुपाल्चोकको तातोपानी नाका खुला गर्ने निर्णय गरेको थियो । भन्सार विभागमा महानिर्देशक सुमन दाहालले सुरुमा रसुवागढी र तातोपानी [&hellip;]</p>

काठमाडौं । कोरोना परिक्षण गर्ने किट र अतिआवश्यक बस्तु आयात चीन तर्फमा रसुवागढी र तातोपानी नाका खुला भएको छ । दुई महिनापछि नेपाल–चीन व्यापारिक नाका खुला गरेको हो । सरकारले केही दिन अघि शुक्रबारबाट रसुवाको रसुवागढी र सिन्धुपाल्चोकको तातोपानी नाका खुला गर्ने निर्णय गरेको थियो ।

भन्सार विभागमा महानिर्देशक सुमन दाहालले सुरुमा रसुवागढी र तातोपानी नाकाबाट कोरोना भाइरस परिक्षण गर्ने किट, औषधि र अतिआवश्क बस्तु आयात हुने बताए । दाहालका अनुसार गत माघको १५ गतेबाट औपचारिक रुपमा यी नाकामार्फत् हुने आवात जावत रोकिएको थियो ।

‘विस्तारै अन्य व्यापारीक सामन पनि सो नाकाबाट आयात हुन्छ, अहिले पनि अतिआवश्यक उपभोगिय बस्तु भारतबाट पनि सहज तरिकाले आयात भइरहेको छ,’ दाहालले भने |

ढुवानीका लागि जाने चालक, सीमामा रहने सुरक्षाकर्मी, अध्यागमन तथा भन्सारका कर्मचारी, श्रमिकहरु र आयातीत वस्तुमा कोरोना संक्रमणको जोखिम हटाउन डिस्इन्फेक्सन गरिनेछ ।
पहिलो हेल्थ असिस्टेन्टका भरमा रहेका नाकामा अहिले मेडिकल अफिसरको नेतृत्वमा टोली खटाइएको छ ।

नेपालीहरुले लैजाने कन्टेनर चिनियाँले लोड गर्नेछन् र उक्त कन्टेनर चालकले नेपाल ल्याउनेछन् । दुबै देशतर्फ हुनसक्ने संक्रमणलाई मध्यनजर गर्दै नेपाली चालकहरुले चिनियाँ नागरिकलाई छुने छैनन् ।

Share News