सरकारले घोषणा गरेको निर्णयको स्वागत गर्यो परिसंघले, दीर्घकालिन योजना ल्याउन आग्रह

<p>काठमाडौं । उद्योगीहरुका लागि सरकार र राष्ट्र बैंकले गरेको निर्णयको नेपाल उद्योग परिसंघले स्वागत गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसले नेपालको अर्थतन्त्रलाई प्रभावित पार्न थालेका बेला आइतबार साँझ सरकारले आर्थिक तथा नीतिगत सहुलियत घोषणा गरेको थियो । परिसंघले सरकारलाई दीर्घकालिन योजना ल्याउन पनि आग्रह गरेको छ । परिसंघले भनेको छ ‘हाल बन्द [&hellip;]</p>

काठमाडौं । उद्योगीहरुका लागि सरकार र राष्ट्र बैंकले गरेको निर्णयको नेपाल उद्योग परिसंघले स्वागत गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसले नेपालको अर्थतन्त्रलाई प्रभावित पार्न थालेका बेला आइतबार साँझ सरकारले आर्थिक तथा नीतिगत सहुलियत घोषणा गरेको थियो । परिसंघले सरकारलाई दीर्घकालिन योजना ल्याउन पनि आग्रह गरेको छ ।

परिसंघले भनेको छ ‘हाल बन्द रहेका उद्योग तथा व्यवसायलाई पुनः सुचारु गराउने दायित्व सवैको हो,’  यस्तो अवस्थामा निजी क्षेत्रको मनोवललाई कम हुन नदिन सरकार लगायत सवै सरोकारवालासँग परिसंघले अग्रह गरेको छ ।

Share News