काठमाडाैं । नेपाल वायुसेवा निगमकै इतिहासमा पहिलोपटक राष्ट्रिय ध्वजावाहक विमान अस्ट्रेलिया उड्ने भएको छ। बुधबार निगमको वाइडबडी जहाजले नेपाल–अस्ट्रेलिया सिधा चार्टर्ड उडान गर्नलागेको बताइएकाे छ ।
अष्ट्रेलियाले लकडाउनका कारण नेपालमा अलपत्र परेका आफ्ना नागरिक स्वदेश लैजान नेपाल एयरलाइन्स रोजेपछि वाइडबडीले मौका पाएको हो। निर्धारित समयतालिकाअनुसार वाइडबडी बुधबार साँझ ५:३० मा त्रिभुवन विमानस्थलबाट अष्ट्रेलियाको लागि प्रस्थान गर्नेछ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सुचना अधिकारी त्रिलाेचन पाैड्यालले उक्त उडानमा करिब ३ सय जना यात्रु अस्ट्रेलिया जाने बताए।