नेपाल सरकारले नेपाल भ्रमण वर्ष २०२० स्थगित गर्ने निर्णय गरेसँगै भ्रमण वर्ष सचिवालय पनि अब बिघटन हुने भएकाे छ । केशरमहलस्थित सचिवालयसमेत १ वैशाख २०७७बाट विघटन हुने भएको हाे । याे सँगै संयाेजक सुरज बैद्यसँगै समितिका पदाधिकारीहरूकाे पदपनि सकिने छ ।
यसअघि अप्रिलसम्मका लागि मात्र स्थगित भएको यो अभियान अब भने औपचारिक रुपमा स्थगित भएको हो ।नेपाल सरकारको चैत ९ गतेको निर्णयबाट भ्रमण वर्ष स्थगित भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएकाे छ ।
सरकारले यस वर्ष ६५ करोड रुपैयाँ बजेट राखेर भ्रमण वर्षको घोषणा गरेको थियो । १ जनवरीमा धुमधामका साथ भ्रमण वर्षको औपचारिक शुभारम्भ भएको थियो । अब सरकार भ्रमण दशककाे तयारीमा छ ।