महालक्ष्मी विकास बैंकले दैनिक ज्याला मजदुरी गर्ने श्रमिकलाई दियो चार लाख रुपैयाँ बराबरको खाद्यान्न सामाग्री

<p>काठमाडौं । महालक्ष्मी विकास बैंकले दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका श्रमिकहरुलाई राहत स्वरुप चार लाख रुपैयाँ बराबरको खाद्यान्न सामाग्री सहयोग गरेको छ । विकास बैंकले देशैभरी गरेको लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरिखाने श्रमिकलाई राहत पुग्ने उद्देश्यले उक्त सामाग्री महानागरीय प्रहरी कार्यालय रानीपोखरीलाई हस्तान्तरण गरेको हाे । उक्त खाद्यान्न चैत १९ गते बैंकका [&hellip;]</p>

काठमाडौं । महालक्ष्मी विकास बैंकले दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका श्रमिकहरुलाई राहत स्वरुप चार लाख रुपैयाँ बराबरको खाद्यान्न सामाग्री सहयोग गरेको छ । विकास बैंकले देशैभरी गरेको लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरिखाने श्रमिकलाई राहत पुग्ने उद्देश्यले उक्त सामाग्री महानागरीय प्रहरी कार्यालय रानीपोखरीलाई हस्तान्तरण गरेको हाे ।

उक्त खाद्यान्न चैत १९ गते बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले प्रहरी नायव महानिरिक्षक विश्वराज पोखरेललाई हस्तान्तरण गरेका थिए । बैंकले प्रदान गरेको उक्त सहयोगले यस असहज परिस्थितिमा श्रमीकहरुलाई जीवनयापन गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।

विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड १९) का कारण सरकारले गत चैत ११ गतेदेखि देशैभरी लकडाउन भइरहेको छ ।

साथै, बैंकले यस विषम परिश्थितिमा सम्पुर्ण जनतालाई घरभित्रै बसेर कोरोना संक्रमणबाट आफु बच्न र अरुलाई पनि बचाउन अनुरोध गरेको छ ।

Share News