बीमा समितिको परिपत्रः विद्युतीय माध्यमबाट प्राप्त बीमालेख नविकरणदेखि प्रिमियमको व्याज छुटसम्म

<p>काठमाडौं । बीमा समितिले बिहिबार परिपत्र जारी गर्दै बीमकलाई विद्युतीय माध्यमबाट प्राप्त बीमालेख नविकरण गर्न निर्देशन दिएको छ । समितिले जीवन बीमा सम्बन्धि प्रिमियम संकलन गर्ने समयावधि समेत बैशाख मसान्तसम्म थप्न निर्देशित गरेको हो । कारोना भाइरसको कारण बिमितलाई पर्न सक्ने असुरक्षालाई ध्यानमा राख्दै समितिले हाल बिमितको प्रिमियममा व्याज नलाग्ने परिपत्रमा खुलाएको छ । साथै, [&hellip;]</p>

काठमाडौं । बीमा समितिले बिहिबार परिपत्र जारी गर्दै बीमकलाई विद्युतीय माध्यमबाट प्राप्त बीमालेख नविकरण गर्न निर्देशन दिएको छ । समितिले जीवन बीमा सम्बन्धि प्रिमियम संकलन गर्ने समयावधि समेत बैशाख मसान्तसम्म थप्न निर्देशित गरेको हो ।

कारोना भाइरसको कारण बिमितलाई पर्न सक्ने असुरक्षालाई ध्यानमा राख्दै समितिले हाल बिमितको प्रिमियममा व्याज नलाग्ने परिपत्रमा खुलाएको छ ।

साथै, चैत्र महिनामा नवीकरण गर्नुपर्ने बीमा अभिकर्ता र सर्भेयरको ईजाजतको नवीकरणको म्याद बैशाख मसान्तसम्म थप गरी सो वापत जरिवाना नलाग्ने व्यवस्था गरिएको छ ।

त्यस्तै, निर्जीवन बीमकले तत्काल सिर्जना हुने दाबी भुक्तानीको लागि विद्युतीय माध्यमबाट समेत निवेदन प्राप्त भएमा अवस्था सामान्य भएपछि तत्काल सर्भेयर खटाई क्षति यकिन गरी दाबी भुक्तानी गर्नु पर्ने परिपत्र जारी गर्दै समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिएका हुन् ।

Share News