अन्तर्राष्ट्रिय हवाई उडान बैशाख १८ गतेसम्मका लागि बन्द

<p>काठमाडाैं । सरकारले अन्तर्राष्ट्रिय हवाई उडानलाई वैशाख १८ गते (अप्रिल ३०) सम्म बन्द गर्ने निर्णय गरेको छ। सरकारले काेराेना भाइरसकाे जाेखिम कम गर्नका लागि अन्तर्राष्ट्रिय हवाई उडान वैशाख १८ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेकाे हाे। कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले वैशाख ३ गते (अप्रिल १५) सम्म सबै अन्तर्राष्ट्रिय हवाई [&hellip;]</p>

काठमाडाैं । सरकारले अन्तर्राष्ट्रिय हवाई उडानलाई वैशाख १८ गते (अप्रिल ३०) सम्म बन्द गर्ने निर्णय गरेको छ। सरकारले काेराेना भाइरसकाे जाेखिम कम गर्नका लागि अन्तर्राष्ट्रिय हवाई उडान वैशाख १८ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेकाे हाे।

कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले वैशाख ३ गते (अप्रिल १५) सम्म सबै अन्तर्राष्ट्रिय हवाई उडान स्थागित भएकोमा १५ दिन समय थप गरी बैशाख १८ गतेसम्म उडान स्थगित गर्ने निर्णय गरेको हो।

बैठकले आन्तरिक उडानलाई के गर्ने भन्ने विषयमा कुनै निर्णय नभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएकाे छ । यसभन्दा अगाडि सरकराले आन्तरिक उडान बैशाख ३ गतेसम्मका लागि बन् द गर्ने निर्णय गरेकाे थियाे ।

Share News