किटनासक औषधि छर्न सौरभ ज्योतिले दिए ७ लाख बराबरको ब्याकप्याक स्प्रेयर

<p>काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल, कार तथा पावर प्रोडक्टको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनि प्रा.लि. ले कोरोना महामारी विरुद्धको यस महायुद्ध जित्नको निमित्त सहयोगको अर्को कदम अघि बढाएको छ । हाण्डाले सार्वजनिक स्थानहरुमा किटनासक औषधि छर्नको निमित्त ७ लाख रुपैयाँ बराबरको १० थान होण्डा अटोमेटिक ब्याकप्याक स्प्रेयर सहयोग स्वरुप प्रदान गरेको छ । अहिलेको [&hellip;]</p>


काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल, कार तथा पावर प्रोडक्टको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनि प्रा.लि. ले कोरोना महामारी विरुद्धको यस महायुद्ध जित्नको निमित्त सहयोगको अर्को कदम अघि बढाएको छ ।

हाण्डाले सार्वजनिक स्थानहरुमा किटनासक औषधि छर्नको निमित्त ७ लाख रुपैयाँ बराबरको १० थान होण्डा अटोमेटिक ब्याकप्याक स्प्रेयर सहयोग स्वरुप प्रदान गरेको छ ।

अहिलेको यस विषम परिस्थितीमा कोरोना भाईरसलाई केहि हदसम्म नियन्त्रण गर्नको लागि ज्योति समुह अन्तर्गतको स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि. का अध्यक्ष सौरभ ज्योतिले मंगलबार एक कार्यक्रम माझ नेपाल सरकार स्वास्थ तथा जनसंख्या मन्त्रालयलाई उक्त सहयोग प्रदान गरेका हुन् ।

यसका साथै उनले भविष्यमा समेत नेपाल सरकारसँग सहकार्य गर्दै अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

Share News