सीईओ भट्टराईको दुई महिनाको तलबसहित महालक्ष्मी लाईफ इन्स्योरेन्सले काेषमा दियाे १३ लाख ३४ हजार रूपैयाँ

<p>काठमाडाैं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले कोरोना नियन्त्रण, रोकथाम तथा उपचार कोषमा कूल १३ लाख ३४ हजार रूपैयाँ जम्मा गरेकाे छ । जसमा इन्स्याेरेन्सकाे तर्फबाट ७ लाख ५० हजार रूपैयाँ र प्रमुख कार्यकारी अधिकृत(सीईओ) रमेश कुमार भट्टराईकाे २ महिनाको तलब बराबर ५ लाख ८४ हजार रूपैयाँ गरी साे मात्राकाे रकम उक्त काेषमा जम्मा गरेकाे कम्पनीले जनाएकाे छ । सरकारको सो प्रयासमा [&hellip;]</p>

काठमाडाैं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले कोरोना नियन्त्रण, रोकथाम तथा उपचार कोषमा कूल १३ लाख ३४ हजार रूपैयाँ जम्मा गरेकाे छ । जसमा इन्स्याेरेन्सकाे तर्फबाट ७ लाख ५० हजार रूपैयाँ र प्रमुख कार्यकारी अधिकृत(सीईओ) रमेश कुमार भट्टराईकाे २ महिनाको तलब बराबर ५ लाख ८४ हजार रूपैयाँ गरी साे मात्राकाे रकम उक्त काेषमा जम्मा गरेकाे कम्पनीले जनाएकाे छ ।

सरकारको सो प्रयासमा सहयोग गर्ने उद्देश्यले जीवन वीमक संघ नेपालको पहल तथा निर्णय अनुसार कम्पनीले राहत स्वरूप काेषमा उक्त रकम याेगदान गरेकाे हाे । कम्पनीले राष्ट्रिय बाणिज्य बैंकको कोरोना नियन्त्रण रोकथाम तथा उपचार कोषमा सिद्धार्थ बैंक मार्फत जम्मा गरेको इन्स्याेरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले जानकारी गराएका छन् ।

विश्वपव्यापी महामारीको रूपमा फैलिदै गएको कोरोना भाइरस (कोभिड-१९) को बिरामी नेपालमा पनि देखा परिसकेको छ। विश्वका सम्पन्न र विकसित राष्ट्र यो महामारीबाट आफ्ना नागरीकहरूलाई बचाउन संघर्ष गरिरहेका छन् र ठूलो धनराशी रोग नियन्त्रणको लागि खर्च गरिरहेका छन्।

नेपालमा साधन श्रोतको अभावमा नेपाली नागरिक रोगले आक्रान्त हुन र मृत्युको मुखमा नपुग्न भनि सरकारले भरमुग्दुर (कोशिश गरिरहेको छ। तर सरकार मात्रको प्रयासले यो महामारी नियन्त्रण तथा उपचार संभव नभएकोले सरकारले संघ संस्था र नागरिक संग सक्दो सहयोगको लागि आह्वान गरेको छ।

 

Share News