नेपाल पर्वतारोहण संघले हस्तान्तरण गर्याे पाँच लाख रूपैयाँकाे चेक

<p>काठमाडौं । नेपाल पर्वतारोहण संघले सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५ लाख रुपैयाँ सहयोग रकमको चेक हस्तान्तरण गरेको छ । उक्त सहयोग रकमको चेक एक समारोहका बीच संघका अध्यक्ष सन्तबीर लामाले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईलाई हस्तान्तरण गरेका हुन् । संघले प्रदान गरेको सहयोगप्रति धन्यवाद दिँदै सचिव गुरागाईले [&hellip;]</p>

काठमाडौं । नेपाल पर्वतारोहण संघले सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५ लाख रुपैयाँ सहयोग रकमको चेक हस्तान्तरण गरेको छ । उक्त सहयोग रकमको चेक एक समारोहका बीच संघका अध्यक्ष सन्तबीर लामाले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईलाई हस्तान्तरण गरेका हुन् ।

संघले प्रदान गरेको सहयोगप्रति धन्यवाद दिँदै सचिव गुरागाईले कोरोना भाइरसको माहामारीको रोकथाम, नियन्त्रण र उपचारमा संघबाट प्राप्त रकमबाट सकरात्मक सहयोग पुग्ने बताए ।

सो अवसरमा संघका अध्यक्ष सन्तबीर लामाले पर्यटनको क्षेत्रमा रहेका विपन्न र न्यून आय भएका प्रभावित परिवारको दैनिक आवश्यक एवं उपभोग्य सामाग्रीहरुका निम्ति सहयोग पुग्ने विश्वास गरेका छन् ।

त्यसअवसरमा संघका महासचिव कुलबहादुर गुरुङ, सचिव टीकाराम गुरुङ, कोषध्यक्ष सुदर्शन न्यौपाने र सचिवालय सदस्य शिवबहादुर सापकोटाको सहभागिता थियो ।

उक्त सहयोग रकमले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचारका साथै पर्यटनको क्षेत्रमा रहेका विपन्न र न्यून आय भएका प्रभावित परिवारहरुको दैनिक आवश्यक एवं उपभोग्य सामग्रीहरुका निम्ति सहयोग पुग्ने संघको विश्वास छ ।

साथै, यस कोरोना भाइरसको माहावारीबाट नेपालको पर्वतीय पर्यटन क्षेत्रमा प्रत्यक्ष असर परेको संघले जनाएको छ ।सरकारले अघि बढाएको अभियानमा संघको तर्फबाट ऐक्यवद्धता स्वरुप आर्थिक सहयोग गरिएको संघले विज्ञप्तिमार्फत जनाएको छ ।

Share News