कोरोना राेकथाम कोषमा नागरिक उड्डयन प्राधिकरणको १ करोड रुपैयाँ सहयोग

<p>काठमाण्डौ ।  नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले कोरोना भाइरस नियन्त्रण, रोकथाम तथा उपचार कोषमा एक करोड रुपैयाँ सहयोग गरेको छ । बुधबार प्राधिकरणका महानिर्देशक राजन पोख्रेलले एक करोड रुपैयाँको चेक उपप्रधानमन्त्री एवं रक्षामन्त्री इश्वर पोख्रेललाई हस्तान्तरण गरेका हुन् । कोरोनाविरुद्ध लड्न सरकारलाई आर्थिक अभाव नहोस भनेर सहयोग गरिएको क्यानले जनाएको छ । सरकारले बनाएको कोषमा [&hellip;]</p>

काठमाण्डौ ।  नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले कोरोना भाइरस नियन्त्रण, रोकथाम तथा उपचार कोषमा एक करोड रुपैयाँ सहयोग गरेको छ । बुधबार प्राधिकरणका महानिर्देशक राजन पोख्रेलले एक करोड रुपैयाँको चेक उपप्रधानमन्त्री एवं रक्षामन्त्री इश्वर पोख्रेललाई हस्तान्तरण गरेका हुन् ।

कोरोनाविरुद्ध लड्न सरकारलाई आर्थिक अभाव नहोस भनेर सहयोग गरिएको क्यानले जनाएको छ । सरकारले बनाएको कोषमा सरकारी र निजी संघ संस्थाले रकम सहयोग गर्ने क्रम दिनदिनै बढिरहेको छ ।

Share News