
विश्वमा अहिलेसम्म कोरोना भाईरसको कारणले यो आलेख तयार पार्दासम्म करिब १ लाख ६१ हजार मानिसले मृत्यु वरण गरिसकेका छन् विश्वका ठूला ठूला रिसर्च सेन्टरहरुमा ठूला ठूला वैज्ञानिकहरु यसको रिसर्चमा जुटेका छन् उनीहरु भ्याक्सिन कसले पहिला पत्ता लगाउने भन्ने बारेमा तल्लीन छन् ।
विश्वका कैयौ शहरहरु लकडाउनको अवस्थामा छ । कैयौं मजदुरहरु कामबाट वा रोजगारीबाट पलाएन भएका छन् । एकातिर खेत बारीमा भएको अन्न बाली भित्र्याउन नपाई खेतबारी मा नै कुहिने अवस्था छ भने अर्कोतिर भविष्यको लागि रोप्न पाएका छैनन् । हाम्रो मित्र राष्ट भारत कै कुरा गर्ने हो भने किसानले लगाएको अन्न बाली स्वयं सरकारले खरिद गरेर सरकारी मान्छे नै किसानको खेतमा गएर भित्र्याई रहेका छन् ता की भोलि खाद्य संकट आईलागेमा जनतालाई वितरण गर्न सकियोस् ।
हाम्रो देशको कुरा गर्ने हो भने किसानले लगाएको गँहु लगाएत अन्नबालीहरु असिना पानीले सखाप पारी सकेको छ के सरकारले यस बारेमा सोच्न ढिलाई भएको होईन ? मकै रोप्ने बेला भयो के रोप्न पर्दैन ? छिमेकीले त भोलि जतिसुकै पैसा तिर्छु भने पनि दिन्छ जस्तो लाग्दैन ? त्यस्तै अन्य खाद्यान्न बाली पनि त रोप्नु पर्ला यसमा ध्यान दिनु पर्दैन र ? नत्रभने भोलिका दिनमा विश्वमा खाद्यान्नको संकट त आउछ आउछ यसको बारेमा अजै सोच्नु पर्ने हो की ? रोग भन्दा भोक निकै शक्तिशाली हुन्छ । भोकाएको मानिस कहिल्य पनि रोगसंग डराउँदैन यसैले हामीले आजैका दिनदेखि यसबाट आफ्ना नागरिकहरुलाई बचाउन के कस्तो कदम चाल्नु पर्ने हो सम्बन्धित निकायको ध्यान जाओस् ।
के हाम्रो देशमा भएको कृषि मन्त्रालय र खाद्य प्रविधी तथा गुण नियन्त्रण विभागहरुले यस बारेमा आफ्नो देशमा भएको कृषि विशेषज्ञहरु खाद्य वैज्ञानीकहरुसंग आजैदेखि छलफल गर्नुपर्ने होईन र ? सम्भवत ति निकायहरुसंग आफ्नो देशमा कति जना कृषि विशेषज्ञ छन् कति जना खाद्य वैज्ञानिकहरु छन् र ती कसरी परिचालन भैरहेका छन् भन्ने बारेको रेकर्ड नै नहुन सक्छ ।
आज जसरी स्वास्थ्यकर्मीहरु साच्चिकै परिक्षाको घडी छन् त्यसैगरी भोलिका दिनमा कृषि विशेषज्ञहरु तथा खाद्य वैज्ञानिकहरुका लागि यो भन्दा ठूलो चूनौतिको सामना गर्नुपर्ने निश्चित छ यसमा सम्बन्धित निकायले बेलैमा ध्यान दिओस् ।
सरकारले त यसका लागि पहल गर्नुपथ्यो गरेन के स्वयं कृषि विशेषज्ञ तथा खाद्य वैज्ञानिकहरुले भोलि यो अवस्था आयो भने हाम्रा लागि ठूलै चूनौति हुन सक्नेछ भनेर सोच्ने बेला आएनर? त्यसैले यि सबै निकायहरुले आजैका दिनदेखि भिडियो कन्फ्रेन्स् गरेर भए पनि छलफल चलाउनु पर्ने देखिन्छ नत्र भोलि रोगले हैन भोकले धरै खराब अवस्था आउन सक्छ ।
कोभिड त एक भाईरस हो जसले यस्तो यस्तो लक्षणहरु देखिउछ भनेर स्वास्थ्य कर्मीहरुले भनि सकेका छन् तापनि मानिस मरिनै रहेका छन् । आजै नसोचे भोलि भोकले त कोभिड मात्र हैन धेरै नै रोगको र सामना गर्नुपर्ने हुन्छ होसियार कृषि कर्म गर्न दिऔ लकडाउनको नाममा कृषि कार्य गर्नबाट बञ्चित नगराऔं ।
हाम्रो देश खाद्यान्नमा पनि परनिर्भर हुनु परेको छ अहिले पनि एदाकदा आयातित खाद्यान्न गुणस्तर हिन आयात भैरहेको छ । यो समस्याले त विदेशबाट खाद्यान्न आयात मै रोक लाग्न सक्छ रोक नलागे पनि गुणस्तर हिन खाद्यान्न मात्र आयात हुन सक्छ जसले हामी कुपोषणको शिकार हुन पनि सक्छौ यस तर्फ पनि सम्बन्धित विशेषज्ञ तथा सरोकारवाला निकायले बेलैमा ध्यान दिओस्।