सामान्य रूपमा भएपनि सेयर बजार खुलाउन यस्ताे छ पौडेलकाे सुझाव

<p>काठमाडौं । नेपाल इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष अम्बिका प्रसाद पौडेलले सेयर बजार सामान्य रुपमा भए पनि खोल्नुपर्ने बताएका छन् । मंगलबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले पूँजीबजारका सरोकारवालहरुसँग गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रममा बोल्दै पौडेलले साे कुरा बताएका हुन् । कोरोना संक्रमण रोकथाम भई जनजीवन सामान्य अवस्थामा फर्कन अझै अन्योल रहेकाले सामान्य रूपमा बजार खुलाउन उनले बजार [&hellip;]</p>

काठमाडौं । नेपाल इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष अम्बिका प्रसाद पौडेलले सेयर बजार सामान्य रुपमा भए पनि खोल्नुपर्ने बताएका छन् । मंगलबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले पूँजीबजारका सरोकारवालहरुसँग गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रममा बोल्दै पौडेलले साे कुरा बताएका हुन् ।

कोरोना संक्रमण रोकथाम भई जनजीवन सामान्य अवस्थामा फर्कन अझै अन्योल रहेकाले सामान्य रूपमा बजार खुलाउन उनले बजार नियामकलाई सुझाव दिएका हुन् । यस्ताे अवस्थामा हाललाई काराेबार समय घटाएर २ घण्टा मात्रै बनाउन र सर्किट ब्रेकरको सीमा १० प्रतिशतबाट ५ प्रतिशतमा झारेर सेयर कारोबार अघि बढाउन सकिने उनले बताएका छन् ।

साथै, अहिलेको अवस्थामा कारोबारको समय घटाएर ५० ब्रोकर कम्पनीहरुमध्ये पालो गरेर खोल्ने वातावरण मिलाउन समेत उनले बजार नियामक निकायलाई आग्रह गरेका छन् ।

वैशाख २५ गतेसम्म सेयर बजार बन्द गर्ने निर्णय भएसँगै नेपालको सेयर बजार एकैपटक ४५ दिन बन्द हुन्छ । यसले नेपालको र अन्तर्राष्ट्रिय स्तरबाट लगानी गर्ने लगानीकर्तामा समेत बजारप्रतिको नकारात्मक सन्देश जाने उनले प्रष्ट पारे ।

त्यस्तै, धितोपत्र बजारमा गैरआवासिय नेपालीहरुको लगानी भित्र्याउने योजना नियामक निकायले अघि सारिरहँदा अहिलेको बजार बन्दले ती वर्गमा नकारात्मक सन्देश जाने सम्भावना रहेको समेत उनको भनाई छ ।

Share News