अग्नि ग्रुपले शुक्रबारदेखि अनलाइन फिटनेस कार्यक्रम गर्दै, पूर्वमिस नेपाल खतिवडाले सञ्चालन गर्ने

<p>काठमाडाैं । महिन्द्रा नेपाल अग्नि ग्रुपले भोलि वैशाख १९ शुक्रबारदेखि अनलाइन फिटनेस कार्यक्रम गर्ने भएको छ । हाल अनलाइन सेवामार्फत् मानसिक स्वास्थ्यसम्बन्धी अभियान सञ्चालन गरिरहेको यस ग्रुपले भोलिदेखि २१ गते आइतबारसम्म (हरेक दिन ४ बजेदेखि ५ बजेसम्म) यो कार्यक्रम सञ्चालन  गर्न लागेको हो । ग्रुपले फेसबुक पेजमार्फत् प्रमाणिक परिवर्तनकारी प्रशिक्षक (होलिस्टिक ट्रान्सफर्मेसनल कोच) प्रेरणा शाहबाट अन्तक्रिर्यात्मक तथा चिन्तनयोग्य प्रत्यक्ष संवाद गर्ने भएको छ । यस प्रत्यक्ष संवाद कार्यक्रमले मानिसहरूलाई आफ्नो वर्तमान जीवन शैली, योगासन, प्राणायाम एवं [&hellip;]</p>

काठमाडाैं । महिन्द्रा नेपाल अग्नि ग्रुपले भोलि वैशाख १९ शुक्रबारदेखि अनलाइन फिटनेस कार्यक्रम गर्ने भएको छ । हाल अनलाइन सेवामार्फत् मानसिक स्वास्थ्यसम्बन्धी अभियान सञ्चालन गरिरहेको यस ग्रुपले भोलिदेखि २१ गते आइतबारसम्म (हरेक दिन ४ बजेदेखि ५ बजेसम्म) यो कार्यक्रम सञ्चालन  गर्न लागेको हो ।

ग्रुपले फेसबुक पेजमार्फत् प्रमाणिक परिवर्तनकारी प्रशिक्षक (होलिस्टिक ट्रान्सफर्मेसनल कोच) प्रेरणा शाहबाट अन्तक्रिर्यात्मक तथा चिन्तनयोग्य प्रत्यक्ष संवाद गर्ने भएको छ । यस प्रत्यक्ष संवाद कार्यक्रमले मानिसहरूलाई आफ्नो वर्तमान जीवन शैली, योगासन, प्राणायाम एवं मानसिक तथा शारीरिक स्वास्थ्यसहित जीवनका सबै क्षेत्रका आफूले खोजेको जवाफ हासिल गर्न मद्दत पुग्नेछ ।

यो कार्यक्रमको सञ्चालन पूर्वमिस नेपाल श्रृङ्खला खतिवडाले गर्ने छिन् ।

अग्नी ग्रपले लकडाउनका समयमा सम्मुख (फ्रन्टलाइन)मा बसेर काम गर्ने सबै जनशक्तिलाई सम्मान गर्न र जनमानसमा सकारात्मक सामाजिक सन्देश प्रवाह गर्ने दिशामा निरन्तर काम गर्दै आएको छ ।

Share News