सारिएको मितिमा टोकियो ओलम्पिक नभए रद्द

<p>काठमाडौं । टोकियो ओलम्पिक आयोजना प्रमुख योसिरो मोरीले २०२१ का लागि ओलम्पिक गेम्स सारिएको समयमा पनि नभए यो संस्मरण रद्द हुने बताएका छन् । कोरोना भाइरसको महामारी फैलिएसँगै सन् २०२० मा टोकियोमा हुने ओलम्पिकको मिति २०२१ को २३ जुलाईदेखि ८ अगस्टसम्म सारिएको हो । कोरोना भाइरसको भ्याक्सिन तथा औषधि पत्ता लागेन भने सारिएको मितिमा पनि [&hellip;]</p>

काठमाडौं । टोकियो ओलम्पिक आयोजना प्रमुख योसिरो मोरीले २०२१ का लागि ओलम्पिक गेम्स सारिएको समयमा पनि नभए यो संस्मरण रद्द हुने बताएका छन् ।

कोरोना भाइरसको महामारी फैलिएसँगै सन् २०२० मा टोकियोमा हुने ओलम्पिकको मिति २०२१ को २३ जुलाईदेखि ८ अगस्टसम्म सारिएको हो । कोरोना भाइरसको भ्याक्सिन तथा औषधि पत्ता लागेन भने सारिएको मितिमा पनि ओलम्पिक सम्भव नभएको आयोजकले जनाएका छन् ।

टोकियो ओलम्पिकका अध्यक्ष मोरीले नाटकीय रुपमा हालको स्थितिमा परिवर्तन भयो भने ओलम्पिक समारोहलगायत मुख्य कुरामा परिमार्जन गर्न सक्ने बताएका छन् । उनले यो अवस्थामा खर्च कटौती गर्दा विश्वमै पर्ने संकटमा राम्रो सन्देश प्रवाह गर्न सक्ने तर सहज नभएकाे जानकारी दिए ।

Share News