चीनमाथि प्रतिबन्ध लगाउने विचारमा ट्रम्प

<p>काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि प्रतिवन्ध लगाउने विचार गरेका छन् । एउटा भेटमा पत्रकारहरुसँग उनले भनेका छन् कि “कोरोना भाइरस संक्रमण रोक्नमा चीनको असक्षमतालाई मध्यनजर गर्दै अमेरिकाले चीनमाथि प्रतिबन्ध लगाउने सम्भावनालाई नकार्न सकिँदैन ।” अमेरिकी राष्ट्रपतिहरुका लागि बनेको फार्महाउस क्याम्प डेविव जानका लागि हेलिकप्टर चढ्न लागेका वेला उनले सो कुरा पत्रकारहरुलाई भनेका हुन् [&hellip;]</p>

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि प्रतिवन्ध लगाउने विचार गरेका छन् । एउटा भेटमा पत्रकारहरुसँग उनले भनेका छन् कि “कोरोना भाइरस संक्रमण रोक्नमा चीनको असक्षमतालाई मध्यनजर गर्दै अमेरिकाले चीनमाथि प्रतिबन्ध लगाउने सम्भावनालाई नकार्न सकिँदैन ।”

अमेरिकी राष्ट्रपतिहरुका लागि बनेको फार्महाउस क्याम्प डेविव जानका लागि हेलिकप्टर चढ्न लागेका वेला उनले सो कुरा पत्रकारहरुलाई भनेका हुन् ।

ट्रम्प आफ्नी छोरी इवांका लगायत केही सहयोगीहरुका साथ सप्ताहन्त विताउन त्यसतर्फ जान लागेका हुन् । भनिँदैछ की उनी सप्ताहन्तमा फार्महाउस बाटै काम गर्नेछन् । ट्रम्प २८ मार्च देखि व्हाइट हाउसबाट बाहिर निस्किएका थिएनन् ।

Share News