bikash news

२८ चैत्र, शनिबार २०८२

  • वित्त
    • बैंक
    • बीमा
    • सहकारी
    • विविध
  • सेयर
  • समाचार
    • समाचार
    • राजनीति
    • विश्व
  • बजार
    • उद्योग
    • बजार
    • पूर्वाधार
  • सेवा
    • प्रविधि
    • पर्यटन
    • शिक्षा
    • स्वास्थ्य
  • जनशक्ति
    • रोजगारी
    • नियुक्ति
  • समाज
    • जीवनशैली
    • खेलकुद
    • साहित्य
    • रगंमञ्च
  • विचार
    • विकास वहस
    • विचार
    • सम्पादकीय
  • पालिका
  • अटो
  • फोकस
    • फोकस
    • विशेष
  • भिडियो
युनिकोड
bikash news
युनिकोड
  • वित्त
    • बैंक
    • बीमा
    • सहकारी
    • विविध
  • सेयर
  • समाचार
    • समाचार
    • राजनीति
    • विश्व
  • बजार
    • उद्योग
    • बजार
    • पूर्वाधार
  • सेवा
    • प्रविधि
    • पर्यटन
    • शिक्षा
    • स्वास्थ्य
  • जनशक्ति
    • रोजगारी
    • नियुक्ति
  • समाज
    • जीवनशैली
    • खेलकुद
    • साहित्य
    • रगंमञ्च
  • विचार
    • विकास वहस
    • विचार
    • सम्पादकीय
  • पालिका
  • अटो
  • फोकस
    • फोकस
    • विशेष
  • भिडियो

सिड्नी उड्यो नेपाल एयरलाइन्स, हिमालयले चीनबाट ल्यायाे स्वास्थ्य सामाग्री

<p>काठमाडाैं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले २८१ विदेशी नागरिक बोकेर अष्ट्रेलिया उडेको छ । लकडाउनका कारण नेपालमा रोकिएका १७ बालबालिकासहित २८१ अष्ट्रेलियन नागरिक बोकेर निगमको वाइड बडी जहाज सिड्नीका लागि उडान भरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । अष्ट्रेलियाले निगमको वाइड बडी जहाज चार्टर्ड गरी आफ्ना नागरिक स्वदेश फिर्ता लगेको [&hellip;]</p>

विकासन्युज

बुधबार, २४ बैशाख, २०७७ १७:८:२३

काठमाडाैं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले २८१ विदेशी नागरिक बोकेर अष्ट्रेलिया उडेको छ । लकडाउनका कारण नेपालमा रोकिएका १७ बालबालिकासहित २८१ अष्ट्रेलियन नागरिक बोकेर निगमको वाइड बडी जहाज सिड्नीका लागि उडान भरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

अष्ट्रेलियाले निगमको वाइड बडी जहाज चार्टर्ड गरी आफ्ना नागरिक स्वदेश फिर्ता लगेको हो । नेपालस्थित अष्ट्रेलियन दूतावासले चार्टर्ड गरेको यो जहाजमा अष्ट्रेलियन र केही न्यूजिल्याण्डका नागरिक रहेको जनाइएको छ । काठमाडौँ विमानस्थलबाट दिउँसो सिड्नी उडेको वाइड बडी जहाजले मलेसियाको क्वालालम्पुर ट्रान्जिट हुँदै साढे १२ घण्टाको उडान तय गरी गन्तव्यमा पुग्नेछ ।

निगमको वाइड बडी जहाज बिहीबार साँझ काठमाडौँ विमानस्थलमा अवतरण गर्नेछ । निगमको अष्ट्रेलियामा चार्टर्ड उडान दोस्रो हो । यसअघि चैत १९ गते अष्ट्रेलियाको ब्रिश्वेनमा चार्टर्ड उडन गरेको थियो । मलेसिया ट्रान्जिट हुँदै अष्ट्रेलियासम्मको उक्त उडान करिब १३ घण्टाको थियो ।

निगमको अर्को वाइड बडी जहाजले आजै चीनको राजधानी बेइजिङमा कार्गो उडान गर्दैछ । साँझ ५ः३० बजे बेइजिङ उड्ने जहाज बिहीबार काठमाडौँ फर्कने तालिका छ । निजी व्यवसायीले अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन निगमको वाइड बडी जहाज चार्टर्ड गरेको बताइएको छ ।

हिमालय एयरलाइन्सले ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री ल्यायो

नेपालको निजी क्षेत्र र चीनको संयुक्त लगानी रहेको हिमालय एयरलाइन्सले चीनको ग्वाङ्जाओबाट अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको छ । हिमालयको न्यारोबडी जहाजले आज ग्वाङ्जाओबाट ६ हजार ६०० केजी स्वास्थ्य सामग्री ल्याएको विमानस्थलले जनाएको छ । यसअघि वैशाख १८ गते चीनको चाङ्साबाट र वैशाख १४ गते ग्वाङ्जाओबाटै हिमालय एयरलाइन्सले जहाजले स्वास्थ्य सामग्री ल्याएको थियो । रासस

Share News

लोकप्रिय

सबै पढ्नुहोस्

राजीनामा दिनु पर्नेबारे के भन्छन् गभर्नर पौडेल ?

यी हुन् अर्थमन्त्री वाग्लेले गरेका तीन निर्णय

कार्की आयोगले बैंकिङ क्षेत्रमा पनि देखायो खोट, ‘निजी बैंकमा सरकारको विशेष सक्रियता आवश्यक छ’

शिक्षामन्त्री र कर्मचारीबीच ‘मिस अन्डरस्टाण्डिङ’

डेपुटी गभर्नर बन्न आफ्ना विद्यार्थी सांसदबाट लबिङ गर्दै ईडी, दबाबमा बालेन, रवि र स्वर्णिम

सम्बन्धित खबर

श्री एयरलाइन्सको आम्दानी ५.१० करोड रुपैयाँ, २ सयमा आईपीओ बिक्री गरेर बैंकको ऋण तिर्ने

ग्रामीण पर्यटनको नयाँ मोडेल : बन्दीपुर–केशवटार ‘होमस्टे सर्किट’ अगाडि बढ्यो

२४ घण्टामै सफा भयो भद्रपुर विमानस्थलको प्रतिक्षालय र शौचालय

पूर्वाधारका पर्खाइमा सोवाङधुरी, हिमाल र सूर्याेदय हेर्न आकर्षक स्थल

सम्पर्क

  • विकास मिडिया प्रा. लि.
  • बागबजार, काठमाडौं ।
  • दर्ता नं.: सूचना विभाग दर्ता नं. ४७२/०७४-७५
  • फोन नम्बर: ९७७-०१-५३१५८६४

समाचारका लागि

  • Mail: [email protected]
  • Mobile/whatsapp:9802020368

विज्ञापनका लागि

  • Mail: [email protected]
  • Mobile/whatsapp:9813792874

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe us on youtube Follow us on Instagram Follow us on Tiktok Follow us on Threads

विशेष श्रृंखला

  • विकास नायक
  • प्रतिनिधिसभा निर्वाचन २०८२
  • ट्रेण्ड सेटर उद्यमी
  • अव्बल व्यवस्थापक
  • स्वतन्त्र लेखन प्रतियोगिता
  • चुनावी संग्राम
  • हाम्रो बारेमा
  • विकासन्युज नीति
  • हाम्रो टिम
  • अध्यक्ष/प्रधान सम्पादक : रामकृष्ण पौडेल
  • सम्पादक : सन्तोष रोकाया