कविताः ढुंगा र ईश्वर

<p>भिर पाखा खोल्सी खोला ऐलानी जग्गाहरुमा ढुंगा राखे र मानिसहरुले मलाई ईश्वर भनिदिए बुद्ध भनिदिए अल्लाह भनिदिए क्राईस्ट &#8230;. भनिदिए मन्दिर बनाइदिए मस्जिद बनाइदिए चर्च बनाइदिए गुम्बा बनाइदिए कहिले परेवा उढाउन लगाए कहिले बोका काट्न लगाए अगरबत्ति, धुप&#8230;अक्षता&#8230; आशाहरु बेच्दै मेरो सम्मुख मेरै फोटो बेचिदिए आउन नभ्याउलान् भनेर चौबिसै घन्टा मन्दिरका ढोकाहरु खुल्लै राखे कहिल्लै [&hellip;]</p>

भिर पाखा
खोल्सी खोला
ऐलानी
जग्गाहरुमा
ढुंगा राखे

मानिसहरुले
मलाई ईश्वर
भनिदिए

बुद्ध भनिदिए
अल्लाह भनिदिए
क्राईस्ट …. भनिदिए
मन्दिर बनाइदिए
मस्जिद बनाइदिए
चर्च बनाइदिए
गुम्बा बनाइदिए

कहिले परेवा उढाउन लगाए
कहिले बोका काट्न लगाए
अगरबत्ति, धुप…अक्षता…
आशाहरु बेच्दै
मेरो सम्मुख
मेरै फोटो बेचिदिए
आउन नभ्याउलान् भनेर
चौबिसै घन्टा
मन्दिरका ढोकाहरु
खुल्लै राखे

कहिल्लै ताला लगाएनन्
मस्जिदमा
बरु उल्टै प्रसाद
सित्तै बाँडे
बाइबल बाँडे
कुरान बाँडे
गिता बाँडे
त्रिपिटक बाँडे

तर खै
के पढे कुन्नि ?
पढ्नेहरु लडे
बरु पुस्तक एक आपसमा
कहिल्यै लडेनन्
म कहिल्यै बोलिन
उनिहरु मात्र बोलिरहे
म त शान्त शालिन

बुद्ध बनिरहेँ
स्थिर ढुंगा बनिरहेँ
कहिले विश्वासमा ठड्याए
कहिले अविश्वासमा भत्काए
तरपनि
फगत्
दिनहुँ
खोल्सा दोभान
भिर पाखा
ऐलानी

जग्गाहरुको
ढुंगा छुँदै
अहिले पनि
मानिस
खै किन हो
मलाई ईश्वर
मानेर
कसम खान्छन्

आफ्नो निजी
व्यवहार मिलाउँछन् ।

                                                                                                                                 बिराटनगर–५
                                                                                                                         हाल मेन्छयायेम्, तेह्रथुम

Share News