काठमाडौं । विश्वभर फैलिएको महामारीले विश्वका हरेक मानव जीवनलाई आँधीको चपेटामा पारेको अवस्थामा, मिस वल्र्ड नेपाल अनुष्का श्रेष्ठले युवाहरुलाई पुनः जोड्ने प्रयास स्वरुप एक पहलको शुरुवात गरेकी छिन् ।
श्रेष्ठकाे देशका युवाहरुलाई शिक्षित बनाउने र जागृत गराउने यो पहलमा आईएमई पे ले साथ दिएको छ ।
आउँदो ३ हप्तासम्म श्रेष्ठले समकालीन नेपाली आर्थिक, शैक्षिक, प्रशासनिक र अन्यका बारेमा विभिन्न विज्ञ व्यक्तित्वहरुका साथ संवाद गर्नेछिन् ।
यस शोको शिर्षक रिकनेक्टिङ रहनेछ, जुन अनुष्का श्रेष्ठको फेसबुक पेज र युट्युब च्यानलका साथै आईएमई पेको फेसबुक पेजमा प्रत्यक्ष (लाइभ) प्रसारण हुनेछ ।
साथै उनले नेपाल राइजिङ्ग संस्थाको सहयोगार्थ कोभिड–१९ सहायताकोषको लागि सहयोग संकलन गरीरहेकी छिन् । राइजिङ्ग नेपाल संस्थाद्धारा काठमाण्डौ भित्रका विभिन्न स्थानमा असाहय तथा विपन्नवर्गको लागि दैनिक जिवनयापनको लागि आवश्यक वस्तुहरु वितरण गरीरहेको छ ।
उनलाई सहयोग गर्न इच्छुकले अाईएमई पे एप डाउनलोड गरी उनलाई सहयोग गर्न सक्नेछन् ।