
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाले मूल्यवान शिक्षा दिएको बताएका छन् । सरकारको नीति तथा कार्यक्रममा उठेको प्रश्नहरुको संसदमा जवाफ दिँदै उनले कोरोनाले बहुँतै महंगोमा मूल्यवान शिक्षा दिएको बताएका हुन् ।
‘हामीले यसमा धेरै खर्च गर्यौ । फेरि पनि हामीले धेरै खर्च गर्नुपर्ने अवस्था आउँदै छ । यसले गम्भीर समस्या बनाएको छ । तर विश्वास छ मानवजातिले यसलाई जित्ने छ ।’- उनले भने ।